चीनको रसायनिक कारखाना विस्फोट

स्रोतः कान्तिपुर, चीनको जिआङसु प्रान्तको पूर्वी इलाकामा रहेको याङचेङ शहरमा रसायनिक कारखानामा विस्फोट हुदा ६४ जनाको मृत्यु भएको छ । विस्फोट निकै शक्तिशाली भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ । २१ जनाको स्थिति चिन्ताजनक रहेको र ७३ जनाको गम्भीर घाइते भएको अस्पताबाट जानकारी दिएको छ । पाँच सय भन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेको छ ।  चीनमा यस्ता उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटनाहरू भइरहेको पाइन्छ ।

Spread the love