एमालेभन्दा काँग्रेस बलियो – विश्वप्रकाश शर्मा

मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा शर्माले  नेपाली काँग्रेस  एमालेभन्दा बलियो रहेको हिसाब सुनाएका छन् । एमालेभन्दा काँग्रेस बलिया रहेको डाटा प्रस्तुत गरेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमा एमाले बलियो भएको बताएपछि शर्माले आज बैठकमै ०७४ को निर्वाचनको डाटा प्रस्तुत गरेका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मात्र भोट बढाउन सकेको अवस्थामा थप १५५ वटा पालिकामा प्रमुख जित्न सक्ने शर्माको हिसाब छ । काँग्रेसले एमालेको भन्दा २७ मात्र कम अर्थात २६६ स्थानीय तहको प्रमुख पद जितेको थियो ।  शर्माका अनुसार गत निर्वाचनमा एमालेले २९३ वटा स्थानीय तहमा प्रमुख जितेको थियो । त्यो अवस्थाका काँग्रेसले आसन्न निर्वाचनमा ४२१ पालिका प्रमुख जित्ने महामन्त्री शर्माको विश्लेषण बैठकमा सुनाए । यस्तै शर्माकाअनुसार ०७४ को निर्वाचन परिणाममा दोस्रो मत पाउनेमा एमालेभन्दा काँग्रेस बलियो छ ।  गत निर्वाचनमा काँग्रेस ३१९ वटा स्थानीय तहमा दोस्रो भएको थियो  भने एमाले २४५ मा दोस्रो भएको थियो । ७४ वटा स्थानीय तहमा एमालेभन्दा काँग्रेस अगाडि छ ।

Spread the love