सीता-राम विवाह पञ्चमी महोत्सव

त्रेता युगमा जनकपुरमा भगवान राम र  सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसँग रामजानकी विवाह पञ्चमी महोत्सव मनाइन्छ ।जनकपुरमा धुमधामसँग मनाइले सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सव शुक्रबारबाट विधिवत रुपमा शुरु भएको छ । विवाह पञ्चमी महोत्सवमा सहभागी हुन श्रद्धालुभक्तजन एवं दर्शनार्थीहरु  जनकपुर आउने क्रम जारी रहेको छ । सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव यस वर्ष मंसिर २१ गतेबाट विधिवत रुपमा शुरुभएको छ। महोत्सवको पहिलो दिन मंसिर २१ गते जनकपुर नगर दर्शन, दोस्रो दिन मंसिर २२ गते फूलबारी लीला, तेस्रो दिन मंसिर २३ गते धनुष यज्ञ, चौथो दिन मंसिर २४ गते तीलकोत्सव, पाँचौ दिन मंसिर २५ गते मटकोर र छैठो दिन मंसिर २६ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुने छ ।महोत्सवको अन्तिम दिन मंसिर २७ गते रामकलेवा गरी जन्तीको बिदाई गरेपछि विवाह पञ्चमी महोत्सवको विधिवत समापन हुने गर्दछ ।

Spread the love