भारतद्वारा पाकिस्तानमा हवाई हमला

भारतद्वारा पाकिस्तानमा हवाई आक्रमण गरेको छ । भारतले कश्मिर हमलाका दोषीलाई पाकिस्तानले संरक्षण गरिरहेको आरोप लगाउँदै भारतीय वायू सेनाले पाकिस्तानमा नियन्त्रण रेखा पार गरी  बम हमला गरेको छ ।आतंकवादी क्यामलाई ध्वस्त पार्ने भन्दै पाकिस्तानमा  बम हमला गरेको  छ । भारतीय सञ्चार माध्यमका अनुसार पाकिस्तानमा भारतले एक हजार किलोग्रामको बम खसालेको छ । जसबाट आतंकवादी क्याम्प पूर्ण रुपमा ध्वस्त भएको भारतीय पक्षले दावी गरेको छ । भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा  उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ ।

 

Spread the love