भरतसन्तोषी लामाको गीत बजारमा – पत्रकार अब संगीत क्षेत्रमा

bharat santoshi journalist

१८ चैत, काठमाडौं – नेपाल पत्रकार महासंघ नुवाकोट साखाका सदस्य भरतसन्तोषी लामाको गीत बजारमा आएको छ।अध्यापन पेशामा समेत संलग्न लामाको शब्द रचनामा रहेको गीतलाई चर्चित गायक स्वरुपराज आचार्यले स्वर प्रदान गरेका छन भने संगीत माधब भण्डारीको रहेको छ।
देउरालीमा पहिरो चल्यो कहाॅ चढाऊ पाती।
हजुर बिना मर्छु भन्थेऊ के गर्दैछौ जीवनसाथी।।
पछिल्लो समयमा गीत रचनामा व्यस्त लामाको उक्त गीतमा छुटिएर बस्नुपर्ने वर्तमान सामाजिक परिवेशलाई मूर्त दिन खोजिएको गीतकार लामाको भनाई छ।’मानिस व्यस्त छन्, व्यस्तताको वावजुद उनिहरु आफ्नैसॅग छुट्टिएर बाॅच्नुपर्ने बाध्यता छ। ‘लामाले भने’यस गीतमा यहि यथार्थताको चित्रण गरेको छ।त्रिभुवन विश्वविद्यालय अन्तर्गत साहित्यमा स्नातकोत्तर गरिरहेका लामाद्वारा नै रचित केहि आधुनिक गीत भने बजारमा आउने क्रम जारी छ। उनले कुन गीत हो भन्ने कुरा भने दि पावर न्यूज डट कमलाई बताएनन् तर अनाथ बालबालिका का लागि सहयोगार्थ हुने को लागी खर्च गर्ने प्रतिबद्घता व्यक्त गरे ।

Spread the love