भैरहवा विमानस्थलको आधा काम सकियो

भैरहवा : राष्ट्रिय गौरवको आयोजनामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणकार्य आधा  सकियको छ। ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माणको गति बढेको हो। विमानस्थलको हाल प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र   विमानस्थल पार्किङ क्षेत्र, पानी ट्यांकीलगायत राख्ने काम पनि धमाधम निर्माण भइरहेका छ।

लगानीमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीको ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ। विमानस्थल पार्किङ क्षेत्रको ७० प्रतिशत काम सम्पन्न भएको र बाँकी ३० प्रतिशत काम एक महिनाभित्र पूरा हुनेछ। ओपेक फन्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३०.५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने छ। ६ अर्ब २२ करोड बढीको लगानीमा निर्माण भइरहेको विमानस्थलमा २ अर्ब ६ करोड रुपैयाँ खर्च भएको आयोजनाको कार्यालयले जनाएको छ। यो विमानस्थल ‘फोर ई’ स्तरको हो। जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन्।

Spread the love