ठोस आधार विना वार्तामा नबस्ने निणय सहित १९ गतेको बन्द फिर्ता -प्रचण्ड मोर्चा

Morcha aandolan

१६ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय १९ गतेको नेपाल बन्दसहितको आन्दोलन फिर्ता लिएको छ ।  सिंहदरवारमा बसेेको ३० दलीय मोर्चाको बैठकमा संयोजक प्रचण्डले २४, २५ र २६ गतेको आमहड्ताल बाहेकका अन्य कार्यक्रम स्थगितको प्रस्ताव राखेका हुन्, जसलाई बैठकले अनुमोदन गरेको छ । यससँगै १९ गतेको नेपाल बन्दसहित २३ गतेसम्मको आन्दोलन फिर्ता भएको छ । तर, २४, २५ र २६ गतेको आमहड्ताल भने कायमै छ ।

पूर्व घोषित कार्यक्रम अनुसारे १८ गते सरकारी कार्यालय घेराउ, १९ गते नेपाल बन्द र २३ गते सरकारी कार्यालय बन्द तथा नाकाबन्दी गरेर कर असुली रोक्ने कार्यक्रम थियो ।

Spread the love