बमजन आश्रममा यौन शोषण गरेको आरोप

‘लिटिल बुद्ध’ भनेर संसारभर चिनिएका रामबहादुर बमजनले आफूमाथि बलात्कार गरेको आरोप लागेको छ । रौतहटकी १८ वर्षीया गंगामाया तामाङले भदौ ३० गते शनिबार ललितपुरस्थित सामुदायिक रेडियोको कार्यालयमा पत्रकार सम्ेलन मार्फत  चार वर्ष बमजनको आश्रममा बस्दा देखेका र भोगेका दुर्व्यवहारबारे बोलिन्।  दुवै पक्षबीच वादविवाद भएपछि त्यहाँ उपस्थित धेरै सञ्चारमाध्यमले उक्त पत्रकार सम्मेलनको समाचार बनाएनन्। त्यसले राष्ट्रिय मिडियामा कुनै चर्चा पाएन। आरोपको सत्यता, बमजनको चरित्र र उनका आश्रममा हुने क्रियाकलापबारे निरन्तर खोजी गर्यो।  यी २५ मध्ये बमजनको दुर्व्यवहारबाट बच्न ज्यान जोखिममा राखेर उनको आश्रमबाट भागेका तीन जना आनी र उनीहरूका परिवारका सदस्य छन्।

बमजन आश्रममा लामो समय यौन शोषणमा परेर बाहिर निस्केकी एक आनी छिन्, जसको मानसिक अवस्था धेरै खराब छ। बमजनको दुर्व्यवहार र हिंसाका प्रत्यक्षदर्शी, कुनै समय उनकै चेला र अनुयायी भएर काम गरेका चार जना पनि छन्।

Spread the love