नुवाकोटका सबै क्षेत्र बाम गठबन्धनको हातमा – केही घोषणा हुन बाकी

भरतसन्तोषी,नुवाकोट। नुवाकोटको एक प्रतिनिधि सभा र चार वटा प्रदेशमा बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेका नारायण खतिवडा, सोही क्षेत्रको प्रदेश क मा एमालेका केशव पाण्डे, प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश क मा माओवादी केन्द्रका राधिका तामाङ र सोही क्षेत्रको प्रदेश ख मा एमालेका बद्री मैनाली विजयी हुनुभएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ मा नेकपा एमालेका नारायणप्रसाद खतिवडा विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका अर्जुननरसिंह केसीलाई पराजित गर्नुभएको हो । खतिवडाले ३६ हजार ८ सय ९२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अर्जुनन रसिंहकेसीले २६ हजार ३ सय ३५ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी रहेको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हितबहादुर तामाङले २९ हजार ९ सय ५६ सहित अग्रस्थानमा रहनुभएको छ । नेपाली कांग्रेसका डा. रामशण महतले २२ हजार ८ सय ८७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेश क मा एमालेका केशवराज पाण्डे निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीलाई सात हजार भन्दा बढी मतान्तरले परािजत गर्नुभएको छ । पाण्डेले २० हजार ९ मत प्राप्त गर्दा उहाँका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसील १२ हजार ७ सय २९ मत प्राप्त गर्नुभयो । यस्तै प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश क मा माओवादी केन्द्रका राधिका तामाङ विजयी हुनुभएको छ । उहाँले १८ हजार एक सय ३७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धिन्द्धी नेपाली कांग्रेसका महेन्द्रबहादुर थिङले १३ हजार तीन सय ६८ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रको प्रदेश ख मा नेकपा एमालेका बद्री मैनाली विजयी हुनुभएको छ । मैनालीले २० हजार पाँच सय ९ मत ल्याई प्रदेशमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी रमेशकुमार महतले १२ हजार दुई सय १७ मत प्राप्त गर्नुभयो । यता, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश ख मा बाम गठबन्धनका उम्मेदवार हिरानानाथ खतिवडाको अग्रता कायमै छ । उहाँले १५ हजार ५८९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जगत तामाङले १२७८० मत प्राप्त गर्नुभएको छ । नुवाकोटको पछिल्लो मतपरिणामका आधारमा नुवाकोटका ६ वटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरु विजयी हुने निश्चित देखिएको छ ।

 

प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश क मा माओवादी केन्द्रका राधिका तामाङ

प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश क मा माओवादी केन्द्रका राधिका तामाङ

 प्रदेश ख  नेकपा एमालेका बद्री मैनाली विजयी
प्रदेश ख नेकपा एमालेका बद्री मैनाली विजयी
प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेश क  एमालेका केशवराज पाण्डे
प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेश क एमालेका केशवराज पाण्डे
Spread the love