बालकोटमा ओली र प्रचण्डबीच सरकार निर्माण बारे बिषेश कुराकानी

काठमाडौं :बुधबार दिउँसो माओवादी अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका र एमाले अध्यक्ष केपी शर्मा ओली  बीच भेटवार्ता भएको छ । भावी सरकार गठन, दुई पार्टीबीचको एकता, राष्ट्रिय सभाको गठन बारे फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला वाम गठबन्धनका दुई बीच कुराकानी भएको छ । ओली र प्रचण्डबीचको भेटवार्तामा पछिल्लो राजनीतिक गतिरोध, नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको जानकारी सचिवालयले जनाएको छ । छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा दुई नेताबीच कुराकानी भएको थियो। निर्वाचन आयोगले पनि नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बारे पनि नेताहरु बीच कुराकानी भएको छ । दुई नेताबीचको छलफलले पार्टी एकतामा कुनै अलमल नभएको कुरामा आफूहरु प्रष्ट रहेको बताएका छन् ।  १–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने पनि प्रचण्ड र ओलीबीच समझदारी भएको छ। दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ।

Spread the love