काठमाडौंका उमेदवार मेयर साहको धन्यवाद र्‍‍याली

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन साह निर्वाचित भएका छन् । “क्रान्ति ‘क’बाट होइन ‘ज्ञ’बाट सुरु हुन्छ र त्यो ‘ज्ञ’ ज्ञान हो!” यस्तो नारा अङ्कित टी-शर्ट लगाएका युवाहरूको समूह काठमाण्डू महानगरपालिकाको मतगणना भइरहेको राष्ट्रिय सभागृहवरपर १३ दिन नै भेला भए।  निर्वाचित भएको औपचारिक घोषणा भएपछि धन्यवाद र्‍याली सुरु भएको छ। शुक्रबार बिहान राष्ट्रिय सभागृहमा निर्वाचन अधिकृतको कार्यालयले विजयी घोषणा गरेपछि र्‍याली सुरु भएको हो। शुक्रबार बिहान प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगबाट मेयरमा निर्वाचित भएपछि साहले प्रमाणपत्र लिएका थिए । त्यसपछि उनका समर्थकहरुले उनी मेयरमा निर्वाचित भएकोमा उनको टिम र समर्थकहरुले बधाई र्‍याली आयोजना गरेका हुन् । मतदान गर्ने सबैलाई धन्यवाद दिन उनको टिमले मेयर साहलाई काठमाडौंका मुख्य मुख्य सडकहरुमा परिक्रमा गराउँदै छ । निकटतम प्रतिद्वन्द्वी भन्दा निकै मतको अग्रता बनाइरहेका साह विजयी भएका हुन् । साहले ६१ हजार ७६७ मत पाएका छन ।

 

Spread the love