टाँकगाउ व्रहमपुर सडक कालाेपत्रे हुँदै

तारादत्त्त भट्ट, बैतडी : कफलकाेट टाँकगाँउ देखि व्रहमपुर सडक कालाेपत्रे गर्ने कार्य शुरू भएकाेछ । प्रदेश सरकार भाैतिक पुर्वाधार मन्त्रालयले चालू अार्थिक वर्षकाे वजेटमै उक्त सडकलाई कालाेपत्रे गर्नेगरि काम थालेकाे हाे । मन्त्रालयकाे वजेट पुर्वाधार कार्यालयमार्फत ठेक्का भई कार्य अगाढि वढिरहेकाे पुर्वाधार कार्यालयका प्रमुख जगत जाेशिले वताए । स्थानिय राेयल निर्माण सेवाले काम गरिरहेकाे छ । करिव १ किमि सडक कालाेपत्रे गर्ने कार्य १ महिनाभित्र सम्पन्न हुने सेवाप्रदायक कम्पन्निले जानकारि दिएकाेछ । प्रदेश सरकार भाैतिक पुर्वाधार मन्त्रालयकाे सवा १ कराेड वजेटमा उक्त कार्य थालिएकाे हाे । उक्त सडक खण्ड कालापत्रे भएपछि नमुना ग्रामिण सडक वन्नेछ । धार्मिक पर्यटनकाे सम्भावना वाेकेकाे व्रहमपुरमा अाउत जाउत गर्न सजिलाे हुने अनुमान गरिएकाे छ ।

Spread the love