तिलाठीमा बाढीले बाध फुटायो

राजविराज : चुरे पहाड हुँदै अकस्मात खाँडो खोलामा उर्लिएको बाढी राजविराज-कुनौली सडक खण्डमा बन्दै गरेको पुल नजिकैको बाँध भत्काएर गाउँ पसेको छ।  खाँडो खोलामा अचानक आएको बाढीले बाँध भत्काएपछि शनिबार तिलाठी-कोइलाडी गाउँपालिका डुबानमा परेको छ। गाउँपालिकाको वडा नं. ३ का करिव ३५ घर डुवानमा परेको प्रहरी सहायक निरीक्षकले जानकारी दिनुभयो। मोटरसाईकल चालक राजविराज ५ का रामचन्द्र दासको भने प्रहरी टोलीले उद्धार गरेको छ।
बाढीले तिलाठीबाट राजविराजतर्फ आउँदै गरेको को.१प ६८७२ नम्बरको मोटरसाईकल समेत बगाएर वेपत्ता बनाएको छ।

Spread the love