पूर्वप्रधानमन्त्री भट्टराई एक घन्टा हङकङमा नियन्त्रणमा

Baburam-Bhattarai1

दि पावर न्युज सम्वाद दाता, हङकङ : चीनमा भएको सिल्क रोडसम्पन्धी सम्मेलनममा सहभागी भएर पूर्व प्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमी र स्वकीय सचिव विश्वदीप पाण्डेसहित हङकङ पुगेका  पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई  हङकङ अध्यागमनले झण्डै एक घन्टा नियन्त्रणमा लिएको छ ।

hongkong airport in bhattarai arrest भट्टराईका अनुसार उनलाई सरकारले रातो पासपोर्ट दिएको छ । तर, अधिकांश समयमा हरियो पासपोर्ट नै प्रयोग गर्ने गर्छन् ।  कोठामा राखेका उनीहरुलाई कुनै सोधपुछ भने गरेन । ‘एक घन्टा वित्न लागिसक्यो केही गर्दैन’ भट्टराईले भने, भर्चुअल कस्टडीमा राखेको जस्तो भो ।’ हरियो पास्पोट प्रयोगगरेका भटृटराईलाई बेवास्ता गरि करिब एक घण्टा लामो समयसम्म पनि कोठामै राखिनुले उहाप्रति सामन्य नजरले हेरेको प्रति भट्टराई असन्तुष्ट छन् । यो नपालीहरुको अपमानमा हुदा आज सम्म कसैले यस्तो अबस्थाको समस्या सार्वजनिक गरिएको थिएन । डा. भटृटराईले यो नेपालीहरुले बिदेशमा पाउने अपमानको एक उदाहरणलाई प्रस्तुत गरेका छन् । साथै यसबारे चीन सरकारसँग गम्भीर ढंगले कुरा उठाउने बताए । चीनमा भएको सिल्क रोडसम्पन्धी सम्मेलनममा सहभागी भएर भटृटराई हङकङ पुगेका थिए ।

Spread the love