जीर्ण भएपछि बौद्ध जोरपाटी सडक १० देखि १२ मिटर कालोपत्र हुदै

 दिपक न्यौपाने, काठमाडौ : बाइस मिटर बनाउने भनिएको बौद्ध–साँखु सडक  अहिलेलाई बीचको १० देखि १२ मिटर कालोपत्रे गर्ने भएको छ। यो सडक सर्वोच्च अदालतमा मुद्दा परेपछि काम रोकिएको थियो। सडक विस्तार गर्न दुवैतर्फ जग्गा खाली गराउन नसक्दा तीन वर्षदेखि जीर्ण र जोखिमपूर्ण अवस्थामै रह्यो। पछिल्लो समय सास्ती चरम भएपछि स्थानीयको दबाबले सरकार विकल्प खोज्नमा लागेको थियो।

जीर्ण भएपछि २०७२ सालमै चाबहिलबाट साँखुसम्म चारलेन सडक बनाउने सरकारले योजना थियो। दायाँबायाँको विवादित खण्ड त्यत्तिकै छाडेर बीचको १०–१२ मिटर कालोपत्रे गर्न खोजेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानएको छ ।  बौद्ध–साँखु सडक राजधानीको व्यस्त बाटोलाई  मध्यबजार राख्दै  विश्व सम्पदा सूचीको बौद्ध र स्वस्थानी ब्रतसँग सम्बन्धित साँखुलाई जोड्छ। यस क्षेत्रका एक दर्जनभन्दा बढी गाउँलाई मध्य काठमाडौंसँग जोड्ने बाटो यही हो। सर्वोच्चको आदेशअनुसार सडक विस्तार गर्न समय लाग्ने र यसबीच जीर्ण सडकको सास्ती हटाउन स्थानीयको दबाब बढेपछि सरकार विकल्पको तयारीमा लागेको हो।

Spread the love