अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज

प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी टिमले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज सन्चालन लामो समयदेखी नेपालमा भोकेसनल शिक्षामा आबद्दता जनाउंदै यो क्षेत्रमा बिशिष्ट पहिचान बनाउन सफल प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी टिमले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज ( APiC ) www.apic.edu.au को शुरूवात गरेको छ । कलेज जुलाई महिनाबाट संचालनमा आउने जनाईएको छ । पछील्लो समय उच्चशिक्षा हासिल गर्न अष्ट्रेलिया जान चाहने नेपाली बिधार्थीहरूको संख्या बढ्न थालेको छ । यो अबस्थाले एकातिर अष्ट्रेलियामा नेपाली समाज बिस्तार हुने देखिएको छ भने अर्कोतिर अष्ट्रेलियामा शिक्षा क्षेत्रमा लागेका नेपालीहरूलाई कलेज तथा यूनिभर्सिटी स्थापना गर्न पनि बल प्राप्त भैरहेको छ । यस कलेजका सिईओ एनआरएनएका उपमहासचिव गणेश केसी हुन । केसी लामो समयदेखी स्किल एण्ड भोकेसनल क्षेत्रमा अनुभवी र दक्ष ब्यक्तिको रूपमा यहाँ स्थापित छन ।गैर आबासीय नेपाली संघसँग आबद्द रहेर अष्ट्रेलियाको नेपाली समाज र बिधार्थीहरूको दुख सुखलाई नजिकबाट चिनेका छन केसीले । उनि गैर आबासीय नेपाली संघका पूर्ब अध्यक्ष पनि हुन । जुलाई महिनाबाट अध्ययन शुरू हुने अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजमा सर्टिफिकेट – ४ कमर्शियल कुकिंग,डिप्लोमा एण्ड हस्पिटालिटी म्यानेजमेन्ट,डिप्लोमा लिडरशिप एण्ड म्यानेजमेण्ट र एडभान्स डिप्लोमा लिडरशिप एण्ड म्यानेजमेण्ट बिषयको अध्यापन गराईने भएको छ । समयको माग र यूग सुहाउंदो शिक्षा प्रदान गर्नुलाई नै अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजले आफ्नो बिशेषता र पहिचान भनेको छ । धेरै लामो समय देखि नेपालमा भोकेसनल (vocational education ) शिक्षामा आबद्द प्यासिफ़िक हस्पिटालिटी एण्ड कुलिनरी टिमले नै अस्ट्रेलियामा यो कलेज संचालन गरेको हो । कलेजका सिईओ केसिले निकट भविस्यमा कलेजले अन्य विषयहरु पनि थप्ने योजना रहेको र विभिन्न क्षेत्रमा शाखा बिस्तारका योजना रहेको बताए ।

Spread the love