सर्वसाधारणले पनि वन्यजन्तु पाल्न पाउने

tiger

९ फागुन, काठमाडौं -सरकारले वन्यजन्तुको संरक्षण, प्रवर्द्धन र दिगो उपयोगमा सघाउ पुर्याउने उद्देश्यले वन्यजन्तुको अध्ययन, अनुसन्धान वा व्यावसायिक रुपमा प्रजनन तथा पालन गर्न सर्वसाधारणलाई दिने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन प्रक्रिया अघि बढाएको  छ ।  सरकारले वन्यजन्तु पालन, संरक्षण र दिगो उपयोगमा सघाउन सर्वसाधारणलाई वन्यजन्तु पालन तथा प्रजनन अनुमति दिने गरी कानुन संशोधन प्रक्रिया अघि बढाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा वन्यजन्तु पाल्न चाहने व्यक्ति वा संस्थाले सरकारबाट अनुमति लिएर पालन गर्न पाउछन् । संशोधनका क्रममा रहेको कानुनमा पालन तथा प्रजननका लागि आवश्यक पर्ने बिउ प्राणी पनि सरकारले उपलव्ध गराउने व्यवस्था गरिने भएको छ । स्रोत:अन्नपूर्ण समाचार

Spread the love