रुपन्देहीका ५ वटा बिद्यालयहरुमा शान्ति र बाल अधिकार बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

Amnesty International Nepal : AI Nepal | Human Rights in Nepal
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज एक स्वयंसेवी संस्था हो र यसको संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ । २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण गर्दैन । निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको(समय आन्दोलन) मानव अधिकार तथा शान्ति समाजले विगत ८ वर्षदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान समेत सञ्चालन गर्दै आएको छ ।
प्रेस बिज्ञप्ति
मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीका विभिन्न पाँच वटा बिद्यालयहरुमा मंसिर ९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  मंसिर १० र ११ गते वुटवलमा सम्पन्न हुन गइरहेको १९ औं राष्ट्रिय परिषद् बैठकको पुर्व सन्ध्यामा वुटवलका विभिन्न पाँच वटा विद्यालय अक्सफोर्ड इन्टरनेश्नल हायर सेकेण्डरी स्कुल, इलाइट सेकेण्डरी स्कुल, सहिद स्मारक स्कुल, अन्नपूर्ण उच्च मावि र समिट बोर्डिङ स्कुलमा आयोजीत कार्यक्रममा शान्ति समाजद्धारा तयार गरिएको बाल अधिकार ः सुलभ र गुणस्तरीय शिक्षाको अधिकार तथा शान्ति हाम्रो अधिकार विषयक अवधारणपत्र प्रस्तुत गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा शान्ति समाजका सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कडेँल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेल, आजीवन सदस्य यमुना कँडेल सहितले बिद्यार्थीहरुको जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।
यसै गरि समाजको १९ औं राष्ट्रिय परिषद् बैठक रुपन्देहीको वुटवलमा २०७३ मंसिर १० गते अपरान्ह २ बजेर ७ मिनेटमा उदघाटन हुदैँछ । राष्ट्रिय आवश्यकता ः सुशासन र पारदर्शिता नारा सहित हुन लागेको समाजको १९ औँ राष्ट्रिय परिषद् बैठकको उद्धाटन सत्रको प्रमुख अतिथी नेपाली काग्रेसका नेता कृष्ण प्रसाद सिटौला हुनुहुन्छ ।
Spread the love