संगीतकार अम्बर गुरुङको निधन

amabar gurung

२५ जेठ, काठमाडौं । टोखास्थित ग्राण्डी अस्पतालमा एक सातादेखि उपचार गराइरहनुभएका गुरुङको निधन भएको वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार बिहान उहाँलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको हो । श्वासप्रश्वाससँगै गुरुङ भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित हुनुहुन्थ्यो ।

गुरुङको जन्म १९९४ साल फागुन १४ गते भारतको दार्जीलिङमा भएको थियो । संगीतकार गुरुङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेपछि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा राखिने छ। गणतन्त्रपछिको राष्ट्रिय गान ‘सयौं थुंगा फुलका हामी’ का संगीतकार समेत रहनुभएका गुरुङले सयौं नेपाली लोक, आधुनिक, राष्ट्रिय तथा चलचित्रका गीतहरुमा संगीत दिनुभएको थियो

Spread the love