विमान दुर्घटनामा २१ जनाको शव भेटियो

१६ जेठ, काठमाडौं :  विमान दुर्घटनामा २१ जनाको शव भेटियोको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ ।

दशजनाको शव काठमाण्डू पठाइसकिएको र एकत्रित गरिएका बाँकी १० शव अझै घटनास्थलमा रहेको छ । नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले “फिस्टेल एअरको हेलिकप्टरले मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा १४,५०० फिटको उचाइमा विमान दुर्घटना भएको पुष्टि गरेको” जनाएको छ। प्राधिकरणले उक्त हेलिकप्टर दुर्घटना स्थल अवतरण गरेको र उद्धारको कार्य तीव्र रूपमा जारी रहेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

Spread the love