जन्ती चढेको जीप दुर्घटना – ६ को मृत्यु

२७ मंसिर, लमही  : ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर ठोक्किए दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ । बेहुला र बेहुली भने अर्काे गाडीमा थिए । मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले  जनाएको छ । मानबहादुर केसी र विमला खत्रीको  मृत्यु भएको छ । स्रोत : onlinekhabar.com

Spread the love