कारको ठक्करबाट दुई जनाको मृत्यु

बाँकेको कोहलपुर पूर्वपश्चिम राजमार्गमा बा १५ च २०९६ नं.को कारले भे ५ प १४२० नंं.को मोटरसाइकल र भे.८ प २१६५ नंं.को स्कुटरलाई ठक्कर दिँदा बाँकेको कोहलपुरमा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा बर्दिया ठाकुरद्वारा- ८ की ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ-१ का ३० वर्षीय लोकबहादुर शाही रहेको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ ।

Spread the love