दुई बर्षीया बालिका, चार र ६ बर्षका बालक छाडेर आमा अर्कैसंग बेपत्ता

सन्धिखर्क : दुई बर्षीया बालिका, चार र ६ बर्षका बालक छाडेर आमा अर्कै पुरुषसँग विवाह गरी गएकाले बालबालिका अलपत्र परेका  छन्। छोराछोरीको जिम्मेवारीबाट बुबा पनि पन्छिएर हिँडेपछि बालबालिकाका बेवारिसे भएको सन्धिखर्क नगरपालिकाका १२ का वडा अध्यक्ष नारायण खड्काले बताए। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ बांगलाको जर्रे खोलामा बालबालिकालाई छाडेर बाबुआमा हिँडेपछि तीन बालबालिका वेवारिसे बनेका छन्।  छिमेकीले तीन दिनसम्म त कही कतैबाट बुबा आमा आउलान र लैजालान भनेर स्याहार सुसार गरे तर तीन दिनसम्म पनि कोही सम्पर्कमा नआएपछि  स्याहार सुसार गरेका छन्।

वेवारिसे बच्चा छन् भन्ने स्थानीयले खबर गरेपछि अध्यक्ष खड्काले शनिबार बच्चालाई उनले आफ्नै घरमा ल्याएर राखे। सन्धिखर्कमा ल्याइएका बालबालिकालाई स्थानीय पवित्रा भुसाल र गोमा सापकोटा रेग्मीले नुवाइधुवाई गरेर स्याहार सुसार गरेका छन्।  जरेखोलामा गिट्टी बालुवा तथा अन्य कामगरी जिबिका चलाइरहेका एक दम्पतीका तीन बच्चा अभिभावक बिहिन भएका हुन्।

Spread the love