पौराणिक तारकेश्वर महादेव मन्दिरमा शिव महापुराण – २०८०

पौराणिक तारकेश्वर महादेव मन्दिरमा शिव महापुराण – २०८०

काठमाडौ : सुरम्य शिवपुरी पर्वतको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । स्कन्दपुराणको श्री स्वस्थानीव्रतकथामा वर्णन भएअनुसार सतीदेविको दाहिना तिघ्रो पतन भएको यस स्थानमा तारकेश्वर महादेव उत्पन्नभई शिवशक्ति स्वरुपले रहेका हुन भन्ने उल्लेख छ । यस स्थानमा लक्ष्मीले तपस्या गरेका कारण यहाँ कुनै पनि अनिकाल नहुने जन विश्वास छ भने असार महिनामा खडेरी पर्दा तारकेश्वर महादेवको रुदी, हवन पूजा गरेर पानी माग्दा वर्षा हुने गरेको बिश्वास छ । पौराणीक कालमा दानवसंग युद्घ गर्ने देवगणले महादेबको प्रार्थाना गरी हातहतियार र सिद्घि प्राप्त गरेका कारण पुजाअर्चना एवंम् जपतप गर्दा मनोकाङ्क्षा समेत पुरा हुने बिश्वास रहेको पाईन्छ । त्यस्तै, पहिलेपहिले स्थानीयले धार्मिक कार्यका लागि भाडाँकुडा माग्दा प्राप्तहुने गरेको लोकोक्ति पनि जोडिएको पाईन्छ । त्यसैले, यस महादेव मन्दिरका साथै नगरभित्रका अन्य धार्मिक तथा साँस्कृतिक मठमन्दिर र पर्यटकीय स्थलहरुको स्वदेश तथा विदेशमा प्रचार प्रसारका साथै प्रवद्र्घन गर्नै मुल उदेश्यले तारकेश्वर नगरपालिका द्घारा यस पौराणिक तारकेश्वर महादैव मन्दिर शिव महापुराण २०८० आयोजना गरिएको हो ।

शिव महापुराण – २०८० माघ ११ गते बिहिबार देखि माघ २३ गते मंगलबार सम्म तारकेश्वर नगरपालिका वडा नं ३, मा रहेको तारकेश्वर महादेश मन्दिरमा संचालन हुन गैरहेको व्यहोरा सबैमा जानकारी गराई सो कार्यक्रमा सम्पुर्ण महानुभाबहरुलाई सादर निमन्त्रण गरिएको छ ।  शिवपुराण वाचक श्री गुरु नारायण चतुव्र्यूहज्यू को मुखारबिन्दबाट कथा वाचन हुने विराट ज्ञानमहायज्ञमा सबैलाई उपस्थितिका लागि सादर निमन्णा गरिएको छ ।

 

मेलम्चीको पानी वितरणको शुभारम्भु पाँचौ पल्ट

‘उद्घाटन गर्दा गर्दा बरु बजारको रिबन सकिएला तर मेलम्चीको उद्घाटन सकिँदैन’ प्रधानमन्त्रीले सोमवार उद्घाटन गरेको मेलम्चीको पानी वितरण अर्को वर्ष पनि यसरी नै गर्नुपर्ने अवस्था आउन सक्ने छन्। काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पनि प्रधानमन्त्रीले यसअघि चार पटक उद्घाटन भइसकेको मेलम्चीको पाचौँ पटक उद्घाटन गरेको भन्दै व्यङ्ग्य गरेका छन्। धानमन्त्रीले यो पटक गरेको ‘शुभारम्भ’ सँगै मेलम्चीबाट ल्याइएको पानी वितरण उद्घाटन कति पटक भए भन्नेबारेमा सामाजिक सञ्जालमा चर्चा, आलोचना र व्यङ्ग्यात्मक टीप्पणी, सबै भइरहेको छ। कतिपयले यो आठौँ पटक भएको दाबी गरेका छन्। विसं २०७७ साल चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी ओलीले भृकुटीमण्डपमा ढुङ्गेधारा बनाएर तामझामसाथ उद्घाटन गरेको मेलम्ची खानेपानी आयोजनाको पानी त्यसको तीन महिना पछि आएको बाढीले मुहान पुरिदिएपछि बन्द भयो।

मेलम्ची खानेपानी

त्यसको केही महिनापछि २०७८ आषाढ १ गतेको बाढीबाट मेलम्चीको मुहान क्षतिग्रस्त भयो। तर बाढीले जम्मा गरेको गेग्रान हटाएर र मुहानमा अस्थायी संरचना बनाएर २०७९ वैसाखमा पुन मेलम्चीको पानी काठमाण्डू ल्याइएको थियो। यसपालि पनि साउन २८ र २९ गते आएको बाढीले उक्त अस्थायी संरचना क्षतिग्रस्त बनाएपछि अस्थायी व्यवस्था गरेर पानी ल्याउन माघसम्म पर्खनुपर्‍यो। गतवर्ष जस्तै अस्थायी संरचना बनाएर ल्याइएको पानी बर्खा लागेपछि पुन: बन्द गरिने खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले बताइन्।

मेलम्ची खानेपानी
काठमाण्डूको उत्तरपूर्वमा रहेको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाको पानीलाई २६ किलोमिटर लामो सुरुङमा पठाएर त्यसलाई सुन्दरीजलमा झारिएको छ नेपालमा हरेक वर्ष जून महिनाबाट मनसुन भित्रिने गरेको छ। अघिल्लो पटक आयोजनाले मे अन्तिमबाट सुरुङमा पठाइने पानी क्रमिक रूपमा बन्द गर्दै लगेको थियो।

टोखा नगरपालिका तेस्रो नगर स्तरीय राष्ट्रिय रनिङ्ग शिल्ड प्रतियोगिता २०८० कार्यक्रम सम्पन्न

टोखा नगरपालिका तेस्रो नगर स्तरीय राष्ट्रिय रनिङ्ग शिल्ड प्रतियोगिता २०८० कार्यक्रम सम्पन्न

मध्यजापानमा शक्तिशाली भूकम्प र सुनामी

नयाँ वर्षको पहिलो दिनमै मध्यजापानमा एउटा शक्तिशाली भूकम्प गएको छ। जापानको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको हो। स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ। पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको थियो। सबैभन्दा शक्तिशाली भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउँदा केही क्षति भएको छ।

समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन्। जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोतो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई  “तत्काल उच्च भागमा जान” निर्देशन दिइएको छ। एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोतो क्षेत्रमा पुगेको छ। अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन्। ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ। भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन। जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने ठानिएको छ।