टोखा नगरपालिका वडा नं १ मा बृहत सरसफाई कार्यक्रम

तारकेश्वर नगरपालिका वडा नं १ साङ्ला स्थित साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा मृगौला हेमोडायलाइसिस सेवा

तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनले वडा नं १ साङ्ला स्थित साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा मृगौला हेमोडायलाइसिस सेवा सुरु गर्नुहुदै

तारकेश्वर नगरपालिका १ साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा मृगौला डायलाशिस गर्न मिमल्ने

अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा फेक न्यूजको प्रभाव

  • Deepa Adhikari

आजको अन्तरसम्बन्धित संसारमा सूचनाहरू स्वतन्त्र र द्रुत रूपमा सीमानाहरू पार हुन्छन् । विश्वभर समाचार पुर्याउन अहिलेको डिजिटल युगमा सहज भएको छ ।यहि सहजताका कारण मानिसहरुबीचको भौतिक दुरी कम भएको छ। र विश्वमा घट्ने विभिन्न घटनाका बारेमा तत्काल नै अवगत हुने अवसर पनि पाईएको छ। तर धैरै सकारात्मक पक्ष हुँदा हुँदै पछिल्लो समय फेक न्यूज (गलत समाचारहरू) फैलिदा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा केहि चुनौति समेत सिर्जना भएको पाईन्छ।

फेक न्यूजकोहरू, प्रायः सामाजिक मिडिया प्लेटफर्महरू र अन्य डिजिटल च्यानलहरू मार्फत फैलिन्छन । युट्युब नेपालमा सबैभन्दा बढि गलत सूचना फैलाउने प्लेटफर्मको रूपमा देखा परेको छ। त्यसमाथि आज थोरै ज्ञान भएका धेरै मानिसहरू इन्टरनेटको पहुँचमा छन्। तसर्थ ती व्यक्तिहरूले सहि गलत छुट्याउन नसक्दा  भ्रामक सामाचारको फन्दामा परिरहेको समेत भेटिन्छ।मानिसहरूलाई इन्टरनेटमा देखेका सबै कुरा सत्य नहुन सक्छ भन्ने ज्ञान दिलाउन आवश्यक छ।

गलत समाचारहरूले महामारी वा प्राकृतिक प्रकोपहरू जस्ता विश्वव्यापी संकटहरूमा पनि महत्त्वपूर्ण चुनौतीहरू सिर्जना गरेको पाईन्छ। सार्वजनिक स्वास्थ्य र अनेक आपतकालिन समयमा गलत सूचना फैलिदा घातक परिणाम भोग्नु परेको घटनाहरु पनि हामी सामु धेरै छन्। जस्तै COVID-19 महामारीको समयमा उपचारको प्रभावकारिता, भाइरसको उत्पत्ति, वा संकटको गम्भीरताको बारेमा गलत दाबीहरूले जनस्वास्थ्य प्रयासहरूलाई कमजोर पुर्याएको थियो । गलत सूचनाले डर र भ्रम बढाउन सक्छ, र समन्वयित अन्तर्राष्ट्रिय प्रतिक्रियाहरूलाई बाधा पुर्‍याउन सक्छ।

यसबाहेक, वातावरणीय प्रकोपसँग सम्बन्धित गलत समाचारहरू, जस्तै जलवायु परिवर्तनलाई अस्वीकार गर्ने वा प्राकृतिक प्रकोपका कारणहरूको बारेमा गलत जानकारीले तत्काल वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने विश्वव्यापी प्रयासहरूलाई बाधा पुर्‍याउन सक्छ।अन्य विभिन्न क्षेत्रमा पनि गलत समाचार फैलिदा चुनौती नै सर्जना भएका छन् ।

अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा गलत समाचारको प्रभावले देश र संस्कृतिहरूको फराकिलो धारणामा समेत नकारात्मक असर गर्न सक्दछ । झुटा समाचारहरू मार्फत निरन्तरता दिने स्टेरियोटाइपहरू र गलत सूचनाहरूले पूर्वाग्रहहरूलाई सुदृढ पार्न र राष्ट्रहरू बीचको विभाजनलाई गहिरो बनाउन सक्छ। यसले कूटनीतिक सम्बन्धमा बाधा पुर्‍याउने मात्र होइन, अन्तर-सांस्कृतिक समझदारी र सहयोगमा पनि बाधा पुर्‍याउँदछ। बढ्दो अन्तरसम्बन्धित संसारमा, जहाँ अन्तरसांस्कृतिक संवाद र सहकार्य विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक छ। गलत समाचार फैलिदा यस किसिमको प्रगतिको लागि अवरोध खडा हुने गर्दछ।

गलत समाचारको प्रकोपलाई सम्बोधन गर्न सरकार, प्रविधि कम्पनीहरू, संचारमाध्यम र नागरिक समाजलाई समावेश गर्ने बहुआयामिक दृष्टिकोण चाहिन्छ। सरकारले अनलाइन गलत सूचनालाई नियमन गर्न, मिडिया साक्षरता शिक्षाको प्रवर्द्धन गर्न, र सूचना प्रसारमा पारदर्शिता बढाउन कानून बनाएर गलत समाचारहरू विरुद्ध लड्न महत्त्वपूर्ण भूमिका रहन्छ। टेक्नोलोजी कम्पनीहरूले पनि बलियो तथ्य-जाँच संयन्त्रहरू लागू गरेर, एल्गोरिदमिक पारदर्शिता प्रवर्द्धन गरेर, र तिनीहरूको प्लेटफर्महरूमा गलत जानकारीको प्रवर्द्धनलाई कम गरेर गलत समाचारहरु फैलिन रोक्नको लागि जिम्मेवारी लिनुपर्छ।

यसबाहेक, पत्रकारिताको मापदण्डलाई कायम राख्ने, स्रोतहरू प्रमाणीकरण गर्ने र सही रिपोर्टिङ गर्न आवश्यक छ। तथ्य-जाँचको माध्यमबाट गलत सूचनाहरू विरुद्ध लड्ने जिम्मेवारी संचार माध्यमको हो। मिडिया आउटलेटहरू, तथ्य-जाँच र नियमन गर्ने संस्थाहरू, र शैक्षिक संस्थाहरू बीचको सहयोगी प्रयासहरूले झूटा समाचारहरु हटाउन र विश्वसनीय जानकारी प्रवर्द्धन गर्न मद्दत गर्न सक्छ।

निष्कर्षमा, गलत समाचारको प्रसारले अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा गम्भीर खतरा निम्त्याउँछ, द्वन्द्व बढाउँछ, राष्ट्रहरू बीचको विश्वासलाई कमजोर बनाउँछ, र विश्वव्यापी सहयोगमा बाधा पुर्‍याउँछ। यस चुनौतीलाई सम्बोधन गर्न सरकार, प्रविधि कम्पनीहरू, मिडिया संगठनहरू, र नागरिक समाजबाट मिडिया साक्षरता प्रवर्द्धन गर्न, गलत सूचनाहरू विरुद्ध लड्न, र थप सूचित र लचिलो विश्वव्यापी समुदायलाई बढावा दिनको लागि ठोस प्रयासहरू आवश्यक छ। अन्तरसम्बन्ध र अन्तरनिर्भरता द्वारा परिभाषित युगमा, सूचनाको अखण्डताको रक्षा गर्नु आपसी समझदारीलाई बढावा दिन आवश्यक छ।तसर्थ गलत सूचनाहरु प्रवाह हुनबाट बचाउन जरुरी छ।

 

तारकेश्वर नगरपालिका दोस्रो मेयर रनिङ्ग सिल्ड प्रतियोगीता २०८० भब्य र सभ्यरुपमा सम्पन्न

तारकेश्वर नगरपालिका दोस्रो मेयर रनिङ्ग सिल्ड प्रतियोगीता २०८० भब्य र सभ्यरुपमा सम्पन्न

जनकपुरधाममा ८५ क्वीन्टल अन्नबाट ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा बनाइयो

जनकपुरधाममा ८५ क्वीन्टल अन्नबाट  ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा बनाएको छ। सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व कीर्तिमानका लागि अन्नबाट रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो ।

विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ। प्रतिमामा ११ प्रकारका १ सय १ क्विन्टल अन्नको प्रयोग गरिएको छ। जनकपुरधाममा  सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनकता बढाएको छ। यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गरेका हुन्। कोरोना महामारीताकादेखि अन्नको प्रतिमा निर्माण गर्न सुरु गरेका गुर्जरले  संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिना पारिश्रमिक यो प्रतिमाको निर्माण गरेका हुन्। प्रतिमा निर्माणमा प्रयोग गरिएको अन्न खेर नजाने प्रतिमा निर्माण समितिले जनाएको छ।

 

 

बर्षमा ३ पटक माईत झर्ने त्रिपुरासुन्दरी माई

धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सारिएको छ । एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ ।  सयौंँ मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत झरेकी छिन् । हरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र  छ । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ ।   सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा  भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ ।

भगवतीको प्रतिमूर्तिलाई  यही परम्पराअनुसार आज बिहान भगवतीको घरको रुपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपमा चिनिने माइथानबेँसीको मन्दिरमा सारिएको  हो । बाहिरबाटै दर्शन गर्ने फुलअक्षेता चडाउने हो ।” देवीको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो कुरेर बस्ने गर्दछन् । मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गर्ने गरिएको  पहिलेदेखिको चलन  हो । भगवानलाई छुन र हेर्न पाइदैन । वडादसैँको चतुर्थीका दिन पूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतबार बिहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा सर्ने  चलन  छ ।  वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ ।  तीन थरिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम रहेको स्थानीय ले बताउनुभयो । उहाँका अनुसार यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूलअछेताले पूजा गर्ने गर्दछन् । विवाहित नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँ तिहारलगायत चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएको छ ।  सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ । मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्यँुमा बोकेर करिब तीन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माईथानबँेसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ ।  नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ ।

चिनिया बिज्ञान प्रतिष्ठान र व्हाइटहाउस इन्जिनियरिङ कलेज एण्ड अप्लाइड साइन्स बीच सहकार्य

चिनिया बिज्ञान प्रतिष्ठान र व्हाइटहाउस इन्जिनियरिङ कलेज साथै कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड अप्लाइड साइन्सबीच सहकार्य काठमाडौँ, २८ मंसिर ।चिनिया बिज्ञान प्रतिष्ठान र नेपालका कलेजबीच सहकार्य गर्ने बारे एक पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराइयो। व्हाइटहाउस इन्जिनियरिङ कलेज र कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड अप्लाइड साइन्सबाट आयोजना गरिएको बेग्ला वेग्लै कार्यक्रममा कलेजका प्रतिनिधि तथा चाइनिज विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरु विच आपसी सहकार्यको विषयमा छलफल गरिएको थियो। उक्त कार्यक्रममा चाइनिज विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरु प्रोफेसर रुइङ झाङ ,निर्देशक व्यवस्थापन पर्यटन विभाग, पर्यटन योजना र ल्यान्डस्केप डिजाइन केन्द्रका निर्देशक, मास्टर ट्युटर, तियानजिन कृषि विश्वविद्यालय ,चिनियाँ विज्ञान एकेडेमीका इन्जिनियर प्रोफेसर जिङ वाङ, सिनजियाङ इन्स्टिच्युट अफ इकोलोजी एण्ड जियोग्राफी, भौगोलिक विज्ञान र प्राकृतिक संसाधन अनुसन्धान संस्थान पीएचडी उम्मेद्वार प्रोफेसर सुई ये, लगायत अन्य प्रतिनिधि समेत उपस्थित थिए। कार्यकमको मुल उद्देश्य सरोकार संस्थाबिच शिक्षक अनुभव आदानप्रदान,टेक्निकल सहयोग,अध्ययन अनुसन्धान,ट्रेनिंग,आइडिया सियारिंग जस्ता विषयमा छलफल गरिएको जानकारी कलेका प्रतिनिधि नारायण आचार्यले जानकारी दिनु भयो । उक्त कार्यक्रममा चाइनिज विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरु प्रोफेसर रुइङ झाङ ,निर्देशक व्यवस्थापन पर्यटन विभाग, पर्यटन योजना र ल्यान्डस्केप डिजाइन केन्द्रका निर्देशक, मास्टर ट्युटर, तियानजिन कृषि विश्वविद्यालय ले नेपाल तथा चिनको सिमानामा रेहेका विश्व महत्वका स्थानहरुलाई पर्यटकिय रुपमा विकास गदै पर्यटन प््रावर्धन गर्ने तथा त्यस क्षेत्रको वातावरण सुधार गर्ने विषयको पुर्व अध्ययन गर्न चाइनिज विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरुको भ्रमण राखिएको पत्रकार बिच जानकारी गराएनु भयो साथ गौतम वुद्धको जन्म स्थान लुम्विनी, संसारकै उच्च शिखर सगरमाथा नेपालमै रहेको र नेपाल र चिन बिचको एतिहासिक पौराणिक र समाजिक दिगो सम्वन्धका बिषयमा आत्मिए छलफल समेत भएको थियो।

बूढानिलकण्ठ नगरपालिका परिसरमा चित्रकला प्रर्दशनी

बूढानिलकण्ठ नगरपालिका परिसरमा चित्रकला प्रर्दशनीमा बूढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी तथा नगर उप प्रमुख अनिता लामाले चित्रकला प्रर्दशनीमा सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्नुहुदै