नेपालमा लगानी गर्न यूएईका लगानीकर्तालाई आग्रह -प्रचण्ड

नेपालमा लगानी गर्न यूएईका लगानीकर्तालाई आग्रह -प्रचण्ड

१५ मंसिर, काठमाडौं : नेपालमा लगानी गर्न यूएईका लगानीकर्तालाई  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा  नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा  उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् ।