खनिज इन्धनलाई नवीकरणीय ऊर्जाबाट प्रतिस्थापन गरिने

खनिज इन्धनलाई नवीकरणीय ऊर्जाबाट प्रतिस्थापन गरिने

सरकारले खनिज इन्धनलाई  नवीकरणीय ऊर्जाबाट प्रतिस्थापन गर्दै लैजाने नीति अवलम्बन गरेको छ । सरकारले  सार्वजनिक गरेको नीति तथा कार्यक्रममा वन विनाशलाई सन् २०३० सम्म शून्यमा पुर्याउने लक्ष्यसहितको ‘ग्लास्गो घोषणा’ कार्यान्वयन गर्ने उल्लेख छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रम अनुसार सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पुर्याउने राष्ट्रिय लक्ष्य हासिल गर्ने गरी विभिन्न निकायबाट सञ्चालित कार्यक्रमहरूको संयोजन गरिनेछ ।

जलवायु परिवर्तनको प्रभाव न्यून गर्न  तथा नवीकरणीय ऊर्जा स्रोत र ऊर्जा दक्ष प्रविधिको प्रवर्द्धन तथा विस्तार गर्न हरित जलवायु कोष लगायतका अन्तर्राष्ट्रिय संस्थाबाट वित्तीय स्रोत परिचालन गर्ने सरकारको नीति छ । कार्बन प्रशोधन क्षमता अभिवृद्धि गरी कार्बन व्यापारबाट थप लाभ प्राप्त गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।नेपालका हिमशृङ्खला, पारिस्थितिक प्रणाली र वनजङ्गलले जलवायु अनुकूलन र वातावरणीय सन्तुलनमा पु¥याएको योगदानको विश्वसामु दरिलो प्रस्तुति गरी अन्तर्राष्ट्रिय वित्तीय तथा प्राविधिक संयन्त्रबाट अधिकतम स्रोत र सहयोग प्राप्त गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै भन्नुभयो, “वृक्षरोपण अभियानका रुपमा अगाडि बढाइने छ । अर्थतन्त्रमा योगदान पु¥याउने गरी सामुदायिक वन व्यवस्थापनलाई उत्पादन रोजगारमूलक बनाउन कानुनी प्रबन्ध गरिनेछ । वनको दिगो व्यवस्थापन गरी वन पैदावारमा आत्मनिर्भर हुने, काठ दाउराको नियमित आपूर्ति गर्ने र वनजन्य उद्यम विकास तथा विस्तार गर्ने व्यवस्था मिलाइनेछ । काठ लगायतका वनजन्य पदार्थको आयात निरुत्साहित गरिनेछ ।”

चुरे तराई–मधेस सरक्षण कार्यक्रमअन्तर्गत चुरे क्षेत्रको समग्र संरक्षणमा उच्च प्राथमिकता दिने, चुरे क्षेत्रको गुरुयोजना पुनरावलोकन गरी उपल्लो र तल्लो तटीय सम्बन्धका आधारमा चुरे क्षेत्रको एकीकृत संरक्षण तथा विकास गर्ने र चुरे क्षेत्रको संवेदनशिलतालाई ध्यानमा राखी ठूला आयोजना विकास गर्दा वातावरणीय तथा जलाधार संरक्षणमा पर्याप्त ध्यान पुर्याइने सरकारको नीति छ ।

कोसी, गण्डकी, कर्णाली तथा महाकाली नदीका बृहत् जलाधार क्षेत्रलगायत महत्वपूर्ण जलाधार क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने, बहुपयोगी संरक्षण पोखरी एवं ताल निर्माण र व्यवस्थापन, पानीका मुहान संरक्षण, आकस्मिक पहिरो तथा भू–स्खलन नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा जनाइएको छ ।

सरकारले नदी प्रणाली सुदृढीकरण गर्ने, नदी प्रवाहमा हुने जोखिमको आङ्कलन गरी एकीकृत रूपमा जलउत्पन्न प्रकोप न्यूनीकरण गर्ने, चुरे क्षेत्रबाट एकीकृत संरक्षण तथा नदी व्यवस्थापन गरी सीमा क्षेत्रमा बर्सेनि हुने डुबान समस्या हल गर्ने जनाएको छ ।

टोखा न. पा. का नव निर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम

दिपक न्यौपाने, जेठ १२, काठमाडौ : शिक्षा युवा तथा खेलकुद शाखाले साउथ वेस्टर्न कलेजमा हिजो आयोजीत एक कार्यक्रमा २०७९ का नव निर्वाचित जनप्रतिनिधिहरु सम्मान कार्यक्रम तथा संयुक्त प्र.अ. बैठक मा टोखा न.पा. का सम्पुर्ण उपस्थित नव जनप्रतिनिधिहरुलाई सम्मन गरियो । सो कार्यक्रमा बिशिष्ठ अतिथि प्रकाश अधिकारीको उपस्थिती रहेको थियो भने उपप्रमुखमा मुरारी तामाङ, प्रशासकीय अतिथि शंखराज पाठक लगायत वडाका बडा अध्यक्षहरु धर्मेन्द्र श्रेष्ठ, रमेश डंगोल,धर्मेन्द्र श्रेष्ठ , मदन गुरुङ्ग, शान्ता खनाल, नवरत्न राना, रमेश खत्रि, राम भक्त घिमिरे, घनश्यम खड्का लगायत सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।
साथै शिक्षा अधिकृत बिजय बठ्यान यादब, तिलिङ्गटार माबिका सरोज कुमार पाण्डे, साउथ वेस्टर्न कलेजका डा.राजेन्द्र के सी, एन प्यापसनका अध्यक्ष भोजराज पाण्डे , नारायन प्रसाद उपाध्य, टंक कुमार चापागाई र बाबु राम गौतम रहनु भएको थियो । टोखा न पा का प्रमुख प्रकाश अधिकारी ज्यु बाट बैठकमा उठेका बिषयहरुलाई नगरपालीकाको बजेटले भ्यायसम्म सबै खाले समस्या समाधान गर्ने प्रतिबध्ता व्यक्त गर्नु भयो ।

कार्यक्रम झलक

२०७९का नव निर्वाचित जनप्रतिनिधिहरु सम्मान कार्यक्रम

गायक रामकृष्ण ढकालको स्वरमा नया गित बजारमा सार्बजनीक

तिमी छौ र त म हासेको छु ॥तिमी छौ र त म बाचेको छु ॥ बोलको अतीनै कर्ण प्रिय गित गायक रामकृष्ण ढकालको स्वर अनी शब्द र सॅगीत अमेरीकाको मिशिगन राज्यमा बस्दै आउनु भयका सन्तोष सुबेदीको रहेको छ भने एरेन्जर किरन कडेंल , मिक्सीगं तथा मास्टरीगं शम्भु कुमार ताम्रकार र भिडीयो प्रिजेन्टेसन मनीस बसिस्थको रहेको छ। केही समय अगाडी गायक रामकृष्ण ढकालको युटुब च्यानल मार्फत स्रोता सामु ल्याईयको छ।

Vianet customers can now enjoy 200 Mbps for just Rs. 999 per month

Kathmandu, May 25th, 2022
Vianet Communications Pvt. Ltd., one of the leading ISPs in Nepal has announced exciting
revisions to its existing Ultra-Fi lineups. The upgraded existing lineup aims to address the
growing needs of customers for high speed and high-quality Internet services at better value
for money.
Vianet customers can now enjoy unbelievable 200 Mbps Internet for just Rs. 999 per month
on a yearly subscription. Customers that want the benefit of 175+ Live TV channels can also
opt into the ViaTV bundle variant of the same plan for Rs. 1,100 per month on a yearly
subscription. With both of these plans, customers can avail of a Dual Band Router for just Rs.
500 along with free installation, and free first set-top-box. Vianet aims to cater to the needs of
two different sets of customers—those looking for high-quality internet without a TV as well
as those who want state-of-the-art IPTV service along with their Internet connection—with
these packages.
Similarly, for customers looking for higher speeds and more TV subscriptions the company
has also announced 250 Mbps with 2 ViaTV and 300 Mbps with 3 ViaTV at just Rs. 1250 and
Rs. 1500 per month respectively on an annual subscription.
The company, as per its standard policy, has already upgraded the existing Ultra-Fi subscribers
to the respective revised Ultra-Fi plans.
With these revisions, Vianet aims to make Ultra-Fi one of the most value-for-money internet
plans available in the market.
For more information regarding Ultra-Fi plans, please visit: https://www.vianet.com.np/ultrafi
Vianet is continually driven by its mission of enriching the lives of its customers by providing
the best digital experience at the best possible value. Vianet is a leading Internet and TV
solution provider in Nepal and has been offering its customers new and innovative internet
solutions for both personal and professional usage.

राष्ट्रपति भण्डारीकी मितिनी पोखराको उपमेयरमा

पोखरा : राष्ट्रपति भण्डारीकी मितिनी पोखराको उपमेयरमा निर्वाचित भएकी छन्। मञ्जुदेवी गुरुङ पोखराको उपमेयरमा फेरि निर्वाचित भएकी छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमाले उम्मेदवार गुरुङ उपमेयर निर्वाचित भएकी हुन्।  मञ्जुदेवी यसअघि पनि उपमेयर थिइन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकी सरस्वती गुरुङलाई पराजित गरेर मञ्जुदेवी उपमेयर निर्वाचित भएकी थिइन्।

 

 

भरतपुरमा रेनु दाहाल र उनका प्रतिद्न्द्वी

सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल आफ्ना प्रतिद्वन्द्वीहरूलाई हराउँदै भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित भएकी छन्।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेनु दाहाललाई जिताउन गठबन्धनका शीर्ष नेताहरूले चुनावी अभियानका क्रममा भरतपुर दौडाहा गरेका थिए।

अझ सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका एक नेताले पार्टीको निर्णयलाई चुनौती दिँदै उम्मेदवारी दिएपछि त्यहाँको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको थियो। चुनावमा सत्ताको दुरुपयोग भएको आरोप पराजित पक्षले लगाए पनि गठबन्धनका स्थानीय नेताहरूले अस्वीकार गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्।

सिन्धुलीका डोरबहादुर बने विश्वकै होचा किशोर

१० जेठ, काठमाडौं :  ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा  विश्व कीर्तिमान बनाएका छन् । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् । मंगलबार  काठमाडौंमा खपाङ्गीलाई   गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

काठमाडौं क्षेत्र नं ६ प्रदेस सभापती ख्यामराज तिवारी

काठमाडौं  : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का उपसभापति , प्रदेश सभा `क´का सभापति श्री ख्याम राज तिवारी र वहाँको प्यानल का म पा २६ बाट पुनः वडा अध्यक्ष र सदस्यमा  बिजयी भएका छन् । सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना  व्यक्त गदै जन समुदायमा हर्ष उल्लास छाएको छ ।

निर्वाचित जन प्रतिनिधिहरु

काठमाडौंको भोटेबहालमा आगलागी

९ जेठ, काठमाडौं :  टेकु भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा  विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं : सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि मूल्य फिर्ताको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन्।  पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरु सडकमा उत्रिएका छन्। निगमकाअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गरेको हो।  यसैक्रममा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले काठमाडौंको आयल निगम केन्द्रीय कार्यालय टेकुमा धर्ना दिएको छ ।