बिरामी बोकेको जिप दुर्घटना : चार जनाको मृत्यु

बिरामी बोकेको जिप दुर्घटना : चार जनाको मृत्यु

सिमकोट :सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप भने एक बच्चासहित सात जना घाइते भएका छन्। मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय  पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ  र  ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए।

KISHOR PANTHI’S KAMPAN- THE FIRST NEPALI AUDIOBOOK ON AUDIBLE, AMAZON, AND ITUNES

Kishor Panthi, an eminent journalist, residing in New York, has recently published an audible of “KAMPAN.” The book has been simultaneously launched in several different countries, including Nepal, the USA, the UK, Europe, etc. The book delineates the afflictions of the people of Nepal because of the destructive earthquake of April 25th, 2015. The wrath of Mother Nature was a catastrophe that affected the lives of millions of Nepalese. The worst nightmare snatched lives, homes, families from people in just fraction of seconds. As people of Nepal have together faced this tragedy with fortitude, the poignant details of tribulation evoke the memories of the horrific earthquake and strengthen the bond of fraternity among peoples of Nepal residing world.

The audiobook is the living document of wailing and hope after Nepal’s devastating earthquake in 2072 BS. The audiobook was made public on Thursday. This audiobook, recorded in the voice of Suresh Shahi, who has worked in radio and television in Nepal for a long time, The audiobook is 6 hours and 15 minutes long.

Forest Sobol, who has been producing audio versions of Audible, produced the audio for Kampan.

Kishor Panthi’s KAMPAN is the first Nepali Audiobook on Audible, Amazon, and iTunes. After the Nepali language book got access to Amazon and Audible, the way has been opened for audiobooks of other Nepali language books.

Kampan: The book teaches you no matter how difficult the situation is, never lose hope. Be optimistic, Is out now on AUDIBLE (Audio Book).

Author: Kishor Panthi

Narrated by: Suresh Shahi

Length: 6 hrs and 15 min

Categories: Biographies & Memoirs, Adventurers, Explorers & Survival

Available at:

Audible: https://www.audible.com/…/Kampan-Second…/B08NM8B3GG…

Amazon.com : https://www.amazon.com/Kampan-Second-Edition/dp/B08NMZFQRV/

प्रा.डा. गोविन्द केसी २१ दिनपछि कोरोना संक्रमण मुक्त

काठमाडौं : प्रा.डा. गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएका छन् । कोरोनासँग मिल्दो लक्षण देखिएपछि कात्तिक २७ गते स्वाब परीक्षणका लागि दिएका केसीको रिपोर्ट कात्तिक २८ गते पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका केसी आज डिस्चार्ज भएका हुन् ।  कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक २८ गते  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका केसी बिहीबार साँझ डिस्चार्ज भएका हुन् ।

बचतको ब्याज दर धेरै घट्न नदिन मुद्दतिसँग ५ प्रतिशत अन्तर हुन नहुने

काठमाडौं : एक बर्षे मुद्दतिको ब्याज ९ प्रतिशत छ भने बचतको ब्याज ५ प्रतिशत बिन्दुले मात्र कम हुन सक्छ।  मुद्ति निक्षेप र बचत खाताबीचको ब्याज दर अन्तर ५ प्रतिशतभन्दा बढि हुन नहुने ब्यवस्था गरिएको छ। एक बर्षे मुद्दतिको ब्याज ९ प्रतिशत छ भने बचतको ब्याज ५ प्रतिशत बिन्दुले मात्र कम हुन सक्छ।  नेपाल राष्ट्र बैंकले चालु बर्षको पहिलो त्रैमासिक (साउनदेखि असोजसम्म) को मौद्रिक नीति समिक्षा गर्दै बचतको ब्याज धेरै घट्न नदिन भन्दै ५ प्रतिशतको अंकुश लगाएको हो। मुद्दति निक्षेपको ब्याज तुलनात्मक रुपमा धेरै हुन्छ।  ४ प्रतिशतभन्दा तल लैजान पाइँदैन। बैंकहरुले साढे ६ प्रतिशत ब्याजको बचत खातालाई डेढ प्रतिशतसम्म झारेका छन्। ब्याज धेरै नै घटेका कारण राष्ट्र बैंकले अंकुश लगाएको हो।  बचत खाताबीचको ब्याज दर अन्तर भने २ प्रतिशत बिन्दुभन्दा फरक हुन नहुने पुरानै ब्यवस्था छ। यसमा बचतको न्यूनतम ब्याजको ५० प्रतिशतभन्दा बढि दिन नपाइने ब्यवस्था पहिले नै गरिएको छ।

प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’लाई सिङ्गापुरद्वारा स्वीकृति

उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ। सुरुमा यो मासु केवल नगेटका मात्र प्रयोग गरिनेछ तर कम्पनीले कहिलेदेखि त्यो बजारमा उपलब्ध हुन्छ भनेको छैन। वनस्पतिमा आधारित मासुका विकल्पहरू अहिले पनि सुपरमार्केटहरू तथा रेस्टुराँका मेनुहरूमा बियन्ड मिट वा इम्पसिबल फुडका नाममा उपलब्ध छन्। तर इट जस्टको उत्पादन भने नितान्त भिन्न छ। स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण सामान्य मासुको विकल्पको माग बढिरहेका छन्। बार्क्लेजका अनुसार यस्ता वैकल्पिक मासुको बजार आगामी दशकमा १४० अर्ब डलरसम्म पुग्न सक्छ जुन हालको विश्वव्यापी मासु उद्योगको कूल कारोबारको १० प्रतिशत हुन आउँछ।  यो वनस्पतिमा आधारित होइन बरु प्रयोगशालामा जनावरको कोषहरूको कृत्रिम वृद्धि गराएर उत्पादित हो।

कम्पनीले पछिल्लो निर्णयलाई विश्वव्यापी खाद्य उद्योगको निम्ति ठूलो फड्को भन्दै अरू देशले पनि यसै गर्ने आशा व्यक्त गरेको छ। पछिल्लो दशकमा दर्जनौँ कम्पनीहरूले यस्ता मासु उत्पादनको प्रयास गरे। एउटा ‘नैतिकरूपमा असल’ उत्पादनको विकल्प दिएर उपभोक्ताहरूलाई आकर्षित गर्ने उनीहरूको प्रयास रह्यो। ती कम्पनीमध्ये सबभन्दा ठूला दुई इजरेलस्थित फ्युचर मिट टेक्नोलोजिज तथा बिल गेट्सद्वारा समर्थित मेम्फिस मिट्स हुन्। दुवैले प्रयोगशालामा उत्पादित सस्तो र स्वादिलो मासु बजारमा ल्याउने कोशिश गरिरहेका छन्। कैयौँले यस्ता उत्पादनले वातावरणलाई फाइदा पुग्ने भनेका छन् भने केही वैज्ञानिकले चाहिँ कुनै परिस्थितिमा वातावरणका लागि यो झन् खराब हुनसक्ने पनि बताएका छन्।  एक त यसको मूल्य महँगो नै छ  आम उपभोक्ताले यसलाई रुचाउने छन् वा छैनन् भन्ने हेर्न बाँकी छ।

काेभिड फाइजर खोप स्वीकृत- बेलायत विश्वकै पहिलो देश

बेलायत कोरोना विरुद्धको फाइजर/बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ।  खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तैयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ। ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन सुरु गर्न सकिन्छ । खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट सुरु हुने अपेक्षा गरिएको छ । खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ । बेलायतले सो खोपको चार करोड मात्रा किनिसकेको छ र यो दुई करोड मानिसलाई पर्याप्त हुनेछ । अमेरिका, जर्मनी, ब्रजिल,आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो।

 

 

आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन्

आणविक अस्त्र उन्मुलनका लागि मानव अधिकार तथा शान्ति समाजको विशेष अभियान– काठमाण्डौमा ९ वटा दुतावास अगाडि एकसाथ प्रदर्शन, जिल्ला जिल्लामा प्रदर्शन  (७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर २०२० )
१. युद्धको सिलसिला ः संसारमा हालसम्म हजारौ साना–ठूला युद्ध भइसकेका छन् । युद्धका कैयन् कारण हुन्छन् तथापि युद्धको मूल कारण शासकहरूको अहंकार र उन्माद नै हो। सन् १९३९ मा शुरु भई ६ वर्ष चलेको दोस्रो विश्वयुद्धमा त्यो बेलाको जनसंख्याको झन्डै तीन प्रतिशत अर्थात् साढे ७ करोड मान्छे मारिएका थिए । युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ । युद्धमा कुनै एक पक्षले जितेको दावा प्रस्तुत हुने गरेता पनि समग्रमा भन्नुपर्दा युद्धमा  कसैले पनि जित्दैनन पराजित केवल मानवता हुने गर्दछ भन्ने शान्ति समाजको धारणा रहेको छ ।
२. आणविक अस्त्रको पहिलो प्रयोग ः सन् १९४५ को अगस्त ६ मा अमेरिकाले जापानको हिरोसिमामा खसालेको एटमबम झन्डै १५ किलो टन टीएनटी क्षमताको थियो। हिरोसिमा विस्फोटनपछि १२ वर्ग किलोमिटर क्षेत्रफल ध्वस्त भयो, हजारौं मान्छे क्षणभरमा मारिए, हजारौं घाइते भए। विस्फोटनपछिको विकिरणका कारण भएको क्षति र मृत्युको संख्या झनै भयावह छ । अमेरिकाले त्यसको ३ दिन पछि नागासाकीमा दोस्रो एटम बम खसालेको थियो ।
३. आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन् ः दोस्रो विश्वयुद्धको समाप्तिपछि आणविक अस्त्रको होडबाजी र भण्डारण तिव्र हुँदै गएको देखिन्छ ।  अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायल गरी ९ वटा देशसँग हालसम्म एटम, न्युट्रन र हाइड्रोजन गरी  झण्डै १३४४० आणविक अस्त्र भण्डारण भएको बताइन्छ । त्यसमध्ये  रुससँग ६३७५ र अमेरिकासँग ५८०० गरी ९० प्रतिशत आणविक अस्त्र रुस र अमेरिकासँग रहेको छ । एक तथ्यांक अनुसार विश्वमा हालसम्म २०५६ आणविक परिक्षण भएका छन् त्यसमध्ये आधा अर्थात १०३० अमेरिकाले र ७१५ वटा परिक्षण रुसले गरेको छ ।
४. आणविक उन्माद ः मानवताको सबैभन्दा ठूलो शत्रु ः सन् १९६१ मा तत्कालीन सोभियत संघले परीक्षण गरेको हाइड्रोजन बम ५० मेगाटन बराबरको थियो (एक मेगाटन बराबर १० लाख टन हुन्छ) अर्थात् हिरोसिमामा विस्फोटन भएको एटम बम भन्दा ३३ सय गुणा शक्तिशाली । यसैगरी अमेरिकाले सन् १९५४ मार्चमा परिक्षण गरेको हाइड्रोजन बम १५ मेगाटन बराबरको थियो भनिन्छ  ।  त्यस्ता केही हाइड्रोजन बम विस्फोट हुन गयो भने यो प्यारो धरतीमा मानव सभ्यता विलुप्त हुन सक्छ । आणविक उन्माद मानवताको सबैभन्दा ठूलो शत्रु हो भने आणविक अस्त्र विश्व शान्ति र मानव सभ्यतालाई सबैभन्दा ठूलो खतरा हो ।
५. कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कस्ले बचाउने? ः सन् २०१९ को नोभेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड १९ संक्रमणका कारण अहिले विश्व त्रस्त छ । यो एक वर्षको अन्तरालमा कोभिडबाट सुरक्षाका लागि सयौ खोपहरुको विकास भइरहेको र त्यसमध्ये झण्डै १ दर्जन खोपहरु परिक्षणको अन्तिम चरण पश्चात सन् २०२१ को पूर्वाद्र्धमा विश्वव्यापी उपलब्ध हुने बताइएको छ । कोभिड लगायत अनेकौ रोगको कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कस्ले बचाउने ? आणविक अस्त्रको निर्माण, परिक्षणमा पूर्ण प्रतिबन्ध र विद्यमान आणविक अस्त्रहरु समुल नष्ट गर्नु नै मानव सभ्यता जोगाउने उपाय हो र अनिवार्य आवश्यकता पनि ।
६. आणविक अस्त्ररहित विश्वका लागि नेपालमा अभियान ः आणविक अस्त्रको विश्वव्यापी उन्मुलन,आणविक हतियारहरुको निर्माण र परिक्षणमा पूर्ण प्रतिवन्धको मागसहित मानव अधिकार तथा शान्ति समाजले विगत २५ वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ । सन् १९९६ जुन ८ मा चीनले गरेको आणविक परिक्षणको विरोधमा जुन ११ मा प्रदर्शन गर्दै शान्ति समाजले आणविक अस्त्र विरुद्ध अभियान थालेको थियो । साथै मे १९९८ मा भारत र पाकिस्तानले गरेको आणविक परिक्षण बिरुद्ध शान्ति समाजले काठमाडौं मा छुट्टाछुट्टै प्रदर्शन गरेको थियो भने उत्तर कोरियाले गरेको आणविक परिक्षण विरुद्ध पटक पटक शान्ति समाजले प्रदर्शन गरिसकेको छ । यसैगरी विगतमा शान्ति समाजले आणविक अस्त्र होडबाजीको विरोधमा विभिन्न अभियानका साथै दर्जनौ कार्यक्रम गरिसकेको छ । सन् २००८ मा शान्ति समाजले आणविक अस्त्रको  विश्वव्यापी उन्मुलनका लागि १० बुँदे अवधारणा समेत प्रकाशित गरेको थियो । आणविक अस्त्रको निर्माण र परिक्षणमा पूर्ण प्रतिबन्धका अतिरिक्त विद्यमान आणविक अस्त्रहरु समुल नष्ट गर्नुपर्नेमा शान्ति समाजले सदैव जोड दिँदै आएको छ ।
७. विश्वव्यापी अभियान ः आणविक अस्त्रको निर्माण र परिक्षणमा प्रतिबन्ध र उन्मुलनका खातिर विभिन्न अभियानहरु सञ्चालन भएको पाइन्छ । यसै क्रममा सन् २००७ मा आणविक अस्त्र उन्मुलनका लागि अन्तराष्ट्रिय सञ्जाल गठन भई यो अभियानले थप तिव्रता पाएको देखिन्छ । यस्तै अभियानहरुको समेत दवाव स्वरुप संयुक्त राष्ट्रसंघद्वारा सन् २०१७ मा आणविक हतियार निषेध सन्धी जारी भएको थियो ।
८. आणविक हतियार निषेध सन्धी TREATY ON THE PROHIBITION OF NUCLEAR WEAPONS : सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघ आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धी ग्रहण गरिएको थियो । यस सम्बन्धमा मतदान हुँदा राष्ट्रसंघका १ सय २२ राष्ट्रले पक्षमा, १ राष्ट्र (नेदरल्याण्ड)ले विपक्षमा मत हालेका थिए भने अमेरिका, रुस, चीनसहित आणविक क्लबका ९ वटै सदस्य राष्ट्र र अमेरिकी गठबन्धन नेटोका सदस्य राष्ट्रहरु (नेदरल्याण्ड बाहेक) गरी ६९ वटा राष्ट्रले मतदान गरेनन् । तत्पश्चात आणविक हतियार निषेध सन्धी २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको हुँदा त्यसको ९० दिनपछि अर्थात २०२१ को जनवरी २२ बाट लागू हुने भएको छ ।  ८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो महासन्धीमा नेपालले हस्ताक्षर गरेता पनि हालसम्म अनुमोदन गरेको छैन । यो सन्धीले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ । यो सन्धी आणविक अस्त्रको पूर्ण उन्मूलनतर्फ उन्मुख भएको हुँदा विश्व शान्तिका लागि कोशेढुंगो मानिएको छ ।
९. आणविक क्लबका सदस्य राष्ट्रहरुो अनिच्छा ः आणविक हतियार निषेध सन्धी, आणविक हतियारको पूर्ण निषेधका लागि कानुनी रूपले बाध्यकारी संयन्त्र भएको हुँदा आणविक क्लबका सदस्य राष्ट्रहरु यो सन्धी अनुमोदनका लागि इच्छुक देखिएका छैनन् । तसर्थ आणविक हतियार मुक्त विश्व निर्माणका लागि यथेष्ट दबाब सिर्जना हेतु व्यापक अभियान सञ्चालन गर्नु अत्यावश्यक छ । यहि अभियानका क्रममा शान्ति समाजले ७२ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन २०७७ मंसिर २५ गते काठमाण्डौस्थित आणविक क्लबका ९ वटा सदस्य राष्ट्रहरुको दुतावास अगाडि एकसाथ प्रदर्शन आयोजना गर्दैछ भने सोही दिन देशव्यापी रुपमा प्रदर्शन हुनेछ र यो अभियान निरन्तर रहने छ ।
१०. सुझावहरु ः आणविक अस्त्रको विश्वव्यापी उन्मुलनका लागि चौथाई शताब्दीदेखि अभियानरत मानव अधिकार तथा शान्ति समाज निम्न सुझावहरु अवलम्वन गर्न आणविक क्लबका सदस्य राष्ट्रहरुसहित संवद्ध सबैलाई आग्रह गर्दछ ।
१.अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले आणविक हतियार निषेध सन्धी शिघ्र अनुमोदन गर्नुपर्दछ ।
२. आणविक हतियार निषेध सन्धीको एउटा हस्ताक्षरकर्ता नेपालले सो सन्धीलाई शिघ्र अनुमोदन गर्नुपर्दछ ।
३. विद्यमान आणविक अस्त्रहरु विश्वव्यापी रुपमा समुल नष्ट गर्नुपर्दछ ।
४. आणविक अस्त्रको निर्माण, भण्डारण र परिक्षणमा सदा सदाका लागि पूर्ण प्रतिबन्ध लगाउनुपर्दछ ।
५. युद्ध भएपछि आणविक अस्त्रको पनि प्रयोग हुने खतरा भएकोले युद्धका कुनै पनि संभावनालाई खारेज गर्न सबैले योगदान गर्नुपर्दछ ।
६. युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघले विशेष पहल गर्नुपर्दछ ।
७. वर्षौको प्रयासपछि आणविक हतियार निषेध सन्धी जारी भएजस्तै युद्धमाथि प्रतिबन्धका लागि अर्को सन्धी जारी गर्न योगदान गर्नुपर्दछ ।
८. आणविक फोहोरको ओसारपसार, आवागमनमा प्रतिबन्ध लगाउनुपर्दछ ।
९. समस्त जल, थललाई आणविक अस्त्र मुक्त क्षेत्र घोषणा गर्नुपर्दछ ।
१०. अन्तरिक्षको सैनिकिकरणको कुनै पनि कार्य माथि सदा सदाका लागि प्रतिबन्ध लगाउनुपर्छ ।