प्रधानमन्त्रीको अवस्था सामान्य

प्रधानमन्त्रीको अवस्था सामान्य

१२ भदौ, काठमाडौं : सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था सामान्य भएको बताइएको छ ।
प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत गत शुक्रबारदेखि उनको उपचार थालेका थिए । उपचारका लागि केही समय लाग्ने बताइएको छ । मिर्गौला समस्याबाट पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत साता सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

२०२० का लागि सरकारले पर्वतरोहण गराउने

काठमाडौं । नेपालमा पर्याप्त हिमालहरु पर्वतरोहणका २०२० का लागि सरकारले खुल्ला भएपनि पर्वतरोहण नभएका हिमालहरुमा पनि पर्वतरोहण गराउने भएको छ । सन् २०२० शुरु हुन करीब तीन महिना बाँकी हुँदा सरकारले नयाँ र पूराना दुबै हिमालहरुमा पर्वतरोहण गराउने तयारी गरेको हो । सरकारले नयाँ अनुमति दिएको र आरोहण हुन बाँकी हिमालहरुमा पर्वतरोहण गराउने लक्ष्य लिइएको छ ।

अमेरिका हार्भर्ड विश्वविद्यालयमा विद्यार्थीलाई विमानस्थलबाटै फिर्ता

अमेरिकाको हार्भर्ड विश्वविद्यालयमा अध्ययनका लागि आउँदै गरेका एकजना विद्यार्थीलाई अध्यागमन अधिकारीहरुले विमानस्थलबाटै फिर्ता गरिदिएका छन् । दूतावासबाट अमेरिकाको भिसा पाइसकेका उनलाई विमानस्थलबाटै फिर्ता पठाइएको हो ।

ती विद्यार्थीलाई बोस्टनको अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको हो । उनलाई फिर्ता पठाउनु अगाडि ८ घण्टा हिराशतमा लिइएको जनाइएको छ । त्यो अवधिमा उनलाई फोन, ल्यापटप खोल्न लगाएर झण्डै ५ घण्टा खानतलासी गरिएको थियो ।

युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले ती विद्यार्थीलाई फिर्ता पठाइएको पुष्टी गरेको छ । तर कारण भने खुलाएको छैन । ती विद्यार्थी १७ बर्षका लेबनानमा बस्दै आएका प्यालेस्टाइनी रहेको बताइएको छ ।

त्यसपछि उनको भिसा खारेज गरेर फिर्ता पठाइएको थियो । उनलाई अमेरिका विरोधी राजनीतिक विचारधारा बोकेका कारण फिर्ता पठाइएको जनाइएको छ ।

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेतमा जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ९३१७ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई महिला र एक पुरुष छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार  दुर्घटनामा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहलपुर  मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिएको छ । दुर्घटनामा परी २७ यात्रु घाइते छन् । घाइतेहरूको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

विष खुवाएर श्रीमानको हत्या


जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमानलाई विष खुवाएर हत्या गरेको अभियोगमा श्रीमतीसहित ३ जनालाई कारागार चलान गरिएको छ । कारागार चलान गरेका तीनै जनामाथि कविताका श्रीमान मान बहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोग लागेको थियो । उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत भोजपुरले जानकारी दिएको छ । कविता, पम्फा र पूर्णले ससुराली घरमा गएको बेला  मान बहादुरलाई झुक्याएर विष सेवन गर्न लगाई हत्या गरेको भनि मानबहादुरका आफन्तले दिइएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

Russian Pobeda Airlines expects six-month delay

A wholly owned subsidiary of Aeroflot, Russian low-cost Pobeda Airlines, said that expected deliveries of Boeing 737 MAX 8 passenger jets will start with a six-month delay. Jet deliveries were to start in November 2019, but operation of Boeing 737 MAX 8 planes was banned until ascertaining the circumstances of jet crashes in Ethiopia and Indonesia at the turn of last year—early this year.

“We await those [new aircraft] with a six-month delay in supplies,” source in the airline said, referring to information received from Boeing. According to the source, the aircraft manufacturer will face penalties under the contract in case of shifting deliveries by more than six months.
The low cost airline ordered fifteen aircraft of this model. Pobeda’s fleet currently includes thirty jets of the previous generation — Boeing 737-800 NG.

An official spokesperson of the airline did not comment on the new lead time for the airplanes but noted that the deliveries would not start until there is confidence as to the absolute safety of the jet.

नेपालीलाई थाइल्याण्डको भिसामा कडाई

थाइल्याण्डको अध्यागमन ब्यूरो र प्रान्तीय अध्यागमन कार्यालयले विश्वका ४७ देशका लागि भिसामा कडाई गर्ने भएको छ ।

नयाँ नियमका कारण भिसा जारी हुनका लागि १० देखि १५ दिनसम्मको अवधि लम्बिन सक्ने जनाइएको छ । खासगरी थाइल्याण्डको लामो भिसाका लागि त्यस्तो प्रावधान लागु हुनेछ । नयाँ नियमबाट प्राथमिक आवेदकहरु प्रभावित हुने तर उनीहरुका डिपेन्डेन्टहरुभने प्रभावित नहुने जनाइएको छ । नेपाल लगायतका केही देशका लागि समेत त्यस्तो कडा नियम लगाउने तयारी गरेको छ । ४७ देशका नागरिकहरुले थाइल्याण्डको भिसाका लागि प्रहरीको सफाई प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ ।

Russia will start issuing e-visas

Russian President Vladimir Putin said on Wednesday that Russia will start issuing electronic visas for some European Union countries starting on October 1. Putin made the statement speaking alongside his Finnish counterpart, Sauli Niinisto in Helsinki.

On July 19, the Russian president signed a decree extending the electronic visa regime to the territory of St. Peters burg and the Leningrad Region. Niinisto on Wednesday did not rule out the possibility of discussion with Moscow on the introduction of electronic visas for Finnish citizens to visit some Russian regions.

५ लाख धरौटीमा रवि लामिछाने रिहा

चितवन : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने, पत्रकार युवराज कँडेललाई धरौटीमा र अस्मिता कार्कीलाई साधारण तारेखमा चितवन जिल्ला अदालतले सोमबार साँझ रिहा गरेको छ। रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन्। युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटी तोकिएको छ भने नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले सोमबार साँझ रिहा गरेको छ। पीडितका तर्फबाट तीन जना सरकारी वकिल र चार जना प्राइभेट वकिलले बहस गरेका थिए।  चितवन जिल्लाका मुख्य न्यायाधिश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको छ। प्रहरीले तीनै जनालाई हिरासतमा लिएको ११ औँ दिनमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा अभियोग पत्र दर्ता गरेको थियो। अदालतमा आइतबार अस्मिताको बयान सकिएको थियो भने सोमबार रवि र युवराजको बयान लिने काम भएको थियो।