रसियामा विमान दुर्घटना हुँदा ४१ जनाको मृत्यु

रसियामा विमान दुर्घटना हुँदा ४१ जनाको मृत्यु

रसियाको शेरेमेट्येभो विमानस्थलमा शेरेमेट्येभो विमानस्थलबाट उत्तरी शहर मरमान्स्कका लागि उडेको उक्त विमान विमानमा प्राविधिक समस्या भएपछि आपत्तकालिन अवतरण गर्ने क्रममा विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । विमान अवतरण हुनासाथ विमानमा ठूलो आगलागी भएको थियो। विमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए। दुर्घटनाबाट ३७ जना बाँच्न सफल भएका छन् । जसमध्ये ३३ यात्रु र चार चालक दलका सदस्य रहेका छन् । आपत्तकालिन अवतरण गर्ने क्रममा विमानको इन्जिनमा अगलागी भएको थियो ।

९१० अवैध लागूऔषध सहित मानिस पक्राउ


काठमाडौं, २१ वैशाख
मोरङ, पथरी शनिश्चरे नगरपालिका(१ स्थित ट्राफिक चोकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बसन्त राईलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ५ सय ९० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राईले हाफ्पेन्टको गोजीमा लुकाई प्लाष्टिकले स(सानो ७ वटा पोको पारी लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
बर्दिया, मधुवन नगरपालिका(५ बाट १४ पुरियामा रहेको करिब १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित शुक्रबार साँझ ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्नेहरू १८ वर्षीय शुसिल भारती, १८ वर्षीय पुष्कर शाही र ३३ वर्षीय दिनेश कुमार बोहरा रहेका छन् । उनीहरूले ब्राउनसुगर बिक्री वितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर, मोबाइल र ना।५९ प ८०७ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका(५ बस्ने २६ वर्षीय रोहित थापा समेत २ जनालाई लागूऔषध नाइट्रोभेट ३४ ट्याब्लेट, नगद २८ हजार ४ सय ३४ रुपैयाँ, सुनको रिङ २ थान, टप २ थान र मंगलसुत्र १ थान तथा मोबाइल २ थान सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले सोही ठाउँमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसमेतका सामान सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ लच्काबाट करिब ७५ किलो अवैध लागूऔषध गाँजा शनिबार बिहान प्रहरीले बरामद गरेको छ । हेटौंडाबाट बीरगंजतर्फ जाँदै गरेको बिआर ०५ पि ५६०५ भारतीय नम्बरप्लेटको एम्बुलेन्स ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले रोक्न खोज्दा नरोकी भागेपछि पिछा गर्दै जाँदा केही अगाडि सडकमा रोकी चालक जंगलतर्फ भागेकोले एम्बुलेन्स जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । फरार एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आइभन र प्रेरणा च्याम्पियन

आइभन हो लिसानेविच र प्रेरणा कोइराला सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा आइभन तथा महिलामा प्रेरणा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा भने आइभनकी दिदी अश्लेषा चुकिन् । प्रेरणाले अश्लेषालाई ६–३ र ६–२ को सीधा सेटमा हराउदै उपाधि रक्षा गरिन् । एक वर्षको अवधिमा प्रेरणाको लगातार छैटौं उपाधि हो । गत बैशाखमा प्रेरणाले सिटिजन्स बैंक खुला टेनिस उपाधि जितेकी थिइन् । त्यसपछि प्रेरणा ललितपुर ओपन, बुटवल ओपन, एपीएफ ओपन र आठौं राष्ट्रिय खेलकुदमा पहिलो भएकी थिइन् । पुरुष÷महिला दुवैको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाए । मिक्स डबल्समा दिदीभाइ अश्लेषा र आइभनको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले सन्तोष खत्री र गंगा शर्माको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाए । पहिलो हुनेले ३५ हजार र दोश्रोले १७ हजार ५ सय नगद पुरस्कार हात पारे । पुरुष ५५ वर्षमाथि सिंगल्समा कृष्णराज घले पहिलो भए । उनले फाइनलमा कमल थापालाई ६–४ र ६–४ को सेटमा पाखा लगाए । कृष्णले १५ हजार तथा कमलले ७ हजार नगद पुरस्कार पाए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ वर्षमाथि डबल्समा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले बाजी मारे । गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडी विरुद्धको फाइनलमा सुदर्शन र राजुको जोडी २–६, ६–१ र १०–६ ले विजयी भए । विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार थापे । पुरुष ४५ वर्षमाथि सिंगल्स फाइनलमा चन्द्र शाहीले राजु श्रेष्ठको चुनौती ६–१ र ६–३ ले समाप्त पार्दै शीर्ष स्थान हात पारे । चन्द्रले २५ हजार तथा राजुले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा यसअघि पुरुष ६५ वर्षमाथि सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकार, पुरुष ५५ वर्षमाथि डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा, पुरुष ३५ वर्षमाथि डबल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठ तथा पुरुष ३५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी पहिलो भएका थिए । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा ५ विदेशसहित १ सय ४८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । दसै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ ।
विवेक घाइते अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ शनिबार घाइते भएका छन् । कोटेश्वर तेक्वान्दो डोजाङले आयोजना गरेको दोश्रो कोटेश्वर आमन्त्रण जुनियर तेक्वान्दो प्रतियोगिताको पुरुष ३८ केजीमुनि फाइनल खेल्ने क्रममा विवेक गम्भीर घाइते भएको टिम प्रशिक्षक अशोक खड्काले जनाएका छन् । आयोजककै खेलाडीसंग खेल्ने क्रममा १३ वर्षीय विवेकको बायाँ हातमा गम्भीर चोट लागेको प्रशिक्षक खड्काले बताए । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । विवेक जापानमा भएको दुई अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण, थाइल्यान्डमा भएको २ अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण, हङकङमा भएको १ अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण तथा भुटानमा भएको १ अन्तर्राष्ट्रिय तेक्वान्दोमा १ स्वर्ण र १ रजत विजेता हुन् ।


ब्राइट फ्युचर प्रिक्वाटरफाइनलमा ब्राइट फ्युचर गणेशमान सिंह स्मृति एसईई कप फुटसल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । काठमाडौं खेलकुद समाजद्वारा आयोजित प्रतियोगितामा चिल्ड्रेन हेभन, रिब्स, ग्रास रुट फुटसल एकेडेमी, गोल्स फुटबल एकेडेमी, लर्ड बुद्ध, एफसीएच यस र सामाखुशी फुटसलले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।  यसअघि शारदा एकेडेमी, धुकु फुटसल, अरोरा, फोरेस्ट किङ, त्रिज्योति, इन्साइट भिजन ‘ए’, आयोजक काठमाडौं खेलकुद समाज र एक्सेल्सियरले प्रिक्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।
उमेशलाई मिस्टर हिमालय उपाधि ग्यालेक्सी फिट्नेस, झापाका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश गरेका थिए । अभरअल च्याम्पियन बन्ने क्रममा उमेशले अन्य ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई उछिन्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा समावेश ६ स्पर्धामा पहिलो भएका खेलाडीबीच मिस्टर हिमालय उपाधिका लागि पुनः प्रतिस्पर्धा भएको थियो । ५५ केजीमा पावर फिट्नेस एन्ड जिम, कोटेश्वरका किसनदास दिवाकर, ६० केजीमा नेपाल व्यायम मन्दिर, ज्याठाका डेविड बलामी, ६५ केजीमा नेपाल जिम एन्ड फिट्नेस, रुपन्देहीका श्री थापा मगर, ७० केजीमा नेपाली सेनाका रमेश कार्की र ७५ केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेस, ढल्कोका नरेश मालाकार पहिलो भएका थिए । उपाधिसंगै उमेशले २ लाख ५० हजार नगद पुरस्कार हात पारे । उमेशले आफ्नो तौलसमूहमा पहिलो भएवापत छुट्टै २५ हजार नगद पुरस्कार पनि हात पारे । अन्य तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे । पुरुष एथलेटिक्स फिजिकमा फिट्नेस प्लसका विश्वराम केसी पहिलो, डिभाइन फिजिकल एन्ड फिट्नेसका निशान्तमान प्रधान दोश्रो र ताहचल फिजिकल फिट्नेसका डम्बरसिंह मार्कन्ड तेश्रो भए । पुरुष जुनियर शारीरिक सुगठनमा ऐराहिटी फिट्नेस एन्ड जिमका कृष्ण महर्जन पहिलो, फिट्नेस स्टुडियोका राजु राई दोश्रो तथा डिभाइनका अंकितमान शाक्य तेश्रो बने । पुरुष स्पोर्ट्स फिजिकमा ग्रुभ फिट्नेसका प्रमोद राई पहिलो, पम्पिङ आइरनका सन्तोष विक दोश्रो र जिमखानाका सुखदेव कार्की तेश्रो भए । महिला एथलेटिक फिजिकमा व्यायम मन्दिरकी रजनी श्रेष्ठ पहिलो, डिभाइनकी सुजिता मानन्धर दोश्रो तथा पावर हाउसकी पूजा श्रेष्ठ तेश्रो स्थानमा रहे । चारै विधामा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । अर्को संस्करणदेखि मिस्टर हिमालय उपाधि विजेतालाई नगद ५ लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
मनमैजु टिम च्याम्पियन नेपालको मनमैजु डोजोले दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । मनमैजुले ५ स्वर्ण, २ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजो क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ५ कांस्यसाथ बंगलादेश दोश्रो भयो । तेश्रो स्थानको नेपालको ब्लेस एकेडेमीले २ स्वर्ण र ३ कांस्य प्राप्त ग¥यो । प्रतियोगिताको पुरुषमा सुवास परियार तथा महिलामा आयुशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् । पुरस्कार स्वरुप दुवैले माउन्टेन बाइक प्राप्त गरे । लैनचारैस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
आदेश र मुनालाई स्वर्णकाठमाडौं, वैशाख २१ –दोस्रो कोटेश्वर आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा आदेश बिष्ट र मुना तामाङले स्वर्ण जितेका छन् ।कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको एकदिने च्याम्पियनसिपमा आदिले जुनियर २० केजी मुनि र मुनाले महिला ४९ केजी मुनि तौलसमूहमा स्वर्ण जितेका हुन् । आदेशले फाइनलमा सन्दीप गिरीलाई हराउँदै स्वर्ण आफ्ना बनाउँदा संस्कार अधिकारी र कृष्ण बुढाथोकी संयुक्त रूपमा तेस्रो भए ।मुनाले भने फाइनलमा जोत्सना केसीलाई स्तब्ध बनाउँदै स्वर्ण आफ्नो बनाइन् । सोही तौलसमूहमा काभ्या तिमिल्सिना र अमिसा कार्की संयुक्त रूपमा तेस्रो भए । पुरुषकै ३१ केजीमा हर्ष थापा पहिलो हुँदा फाइनलमा गणेश कोइरालालाई हराए । सोही तौलमा वांगेल तामाङ र नागेस ठाकुर तेस्रो भए । महिलाकै ४३ केजीमा समर्पण राई पहिलो हुँदा फाइनलमा हिमानी मगरलाई स्तब्ध बनाइन् । सोही तौलमा सुस्मा राई र अर्चना साह तेस्रो भए । महिलाकै ४४ केजीमा प्रगति कुँइकेलले स्वर्ण जित्दा नममी आचार्यलाई स्तब्ध बनाइन् । सोही तौलमा स्मारिका सिवाकोटी र रेमिक्सा रेग्मी तेस्रो भए । महिलाकै ४५ केजीमुनि सलिना केसीले स्वर्ण जित्दा फाइनलमा स्वीटी मन्डललाई पराजित गरिन् । अनिषा बखती र उदिता खड्का तेस्रो भए । एकदिने प्रतियोगितामा कुल १ सय १० खेलाडीले विविन्न तौलसमूहमा प्रतिस्पर्धा गरेको आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका विजेतालाई नेपाल तेक्वान्दो संघ प्रदेश–३ अध्यक्ष केशव पुरी, ओलम्पियनद्वय नारायण गुरुङ र दीपक बिष्टलगायतले पुरस्कृत गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने तेश्रो प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता बारे जानकारी गराउन पत्रकार सम्मेलन ःमिति ः २०७६ साल बैशाख २२ गते, आइतबार ।समय ः अपरान्ह १ः३० बजे ।स्थान ः रोयल एम्पायर रेस्टुरेन्ट, बालुवाटार (मल्पी कलेजको अगाडि) ।
फोटो ः१. सातौं सिटिजन्स बैंक खुला टेनिसको विभिन्न स्पर्धाका पदक विजेता ।२÷३. सातौं सिटिजन्स बैंक खुला टेनिसको सिंगल्स उपाधि विजेता प्रेरणा कोइराला (बायाँ) र आइभन हो लिसानेविच ।४. घाइते तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ ।५. दोश्रो अन्तर्राष्ट्रिय करातेका उत्कृष्ट खेलाडी सुवास परियारलाई पुरस्कृत गर्दै ।६. दोश्रो अन्तर्राष्ट्रिय करातेका उत्कृष्ट खेलाडी आयुशा तामाङलाई पुरस्कृत गर्दै ।७. दोश्रो अन्तर्राष्ट्रिय कराते उपाधि विजेता मनमैजु टोली ।८÷९. मिस्टर हिमालय शारीरिक सुगठन उपाधि विजेता ।

FLATSTICK TO OPEN ITS DOORS IN DOCO LATE SUMMER 2019

Flatstick DOCO  (“Flatstick Pub”) has broken ground in DOCO and is teed up to be the hottest new drinkertainment spot in Sacramento later this Summer. Located in the heart of downtown, Flatstick Pub will occupy the ground floor and entire basement of the 630 K Street beside the Golden 1 Arena – home to the Sacramento Kings. With three wildly successful locations in Washington, Flatstick brings the putt putt bar concept to Sacramento in true Farm-to-Fork fashion pairing adult indoor mini golf games with dozens of locally made beers, wines and spirits from the surrounding region.

Flatstick DOCO is independently owned, operated and managed by Sacramento entrepreneurs, Jenny and Brandon Robinson. This family business is passionate about Sacramento and aims to align the mini golf pub with the community’s values. In true ‘Sacramento Proud’ fashion, the Robinson’s have made their mini golf pub completely local – from the ground up. Enlisting two companies who’ve helped build and design some of Sacramento’s most notable buildings; Vitae Architecture (The Citizen Hotel, Grange, Camden Spit & Larder) and construction team DesCor Builders (McKinley Village Recreation Center, Niello MINI, Revival at the Sawyer) are local legends who will help this new venture make a grand impression.

“Flatstick is all about supporting our local community, which is why it was important for us to choose a local architect and construction outfit,” said Flatstick DOCO’s Owner Brandon Robinson. “We know they’re working hard to have our doors open as soon as possible and we can’t wait to share this amazing space with our community. The future of Sacramento is very important to us and we’re humbled to be able to contribute to it.”

With construction underway at the DOCO location, Flatstick is destined to fit right in to the public square’s ever-growing nightlife experience of eatertainment, shopping and pop-up seasonal activities. Flatstick will feature a mini golf course, unique pub games, regionally grown food, big screen televisions and over 40 of Sacramento’s tastiest brews on tap. Flatstick will also be available for large party rentals and corporate buyouts, putting them above par all other craft brew pubs and sports bars this side of the Sierra’s.

“We’re thrilled to be adding our mini golf bar to Sacramento’s hottest entertainment district, DOCO,” said Flatstick Pub partner Jenny Robinson. “There’s nothing more exciting than watching our hometown grow, and we’re honored to be a part of it.”

About Flatstick Pub: Flatstick DOCO is a locally owned and family operated craft brew pub with a challenging mini golf course and other golf inspired games, with its first location in Downtown Sacramento. Flatstick strives to be a positive contributor to the community by supporting local independent brewers, local small businesses and local charities. “Drink Local, Putt Tipsy” @FlatstickDOCO | FlatstickDOCO.com

MEDIA CONTACTS:

person_outlineFull Name:Jennifer Robinson
phonePhone Number:916-220-2111
business_centerCompany:Flatstick DOCO
languageWebsite:instagram.com/flatstickdoco

इजरायलमा रकेट आक्रमणबाट चार जनाको मृत्यु

इजरायली सेनाले प्यालेस्टाइन क्षेत्रमा रकेट आक्रमण गरेको छ । आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले संघर्षविराम लम्बाउने प्रयास गर्दागर्दै पनि अहिले फेरि तनाव बढेको छ । इजरायलमा शनिबार भएको रकेट आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको छ ।
 इजरायल डिफेन्स फोर्सेज (आईडीएफ)का अनुसार प्रतिरक्षा प्रणालीबाट केही रकेटहरुलाई आकाशमै निस्तेज पारिएको थियो ।
सीमा क्षेत्रमा प्यालेस्टाइनको एक हतियारधारी व्यक्तिले इजरायलका दुई सैनिकलाई गोली हानेर घाइते बनाइदिए । यसको जवाफमा इजरायलले हवाई हमला गर्‍यो र हमासका दुई लडाकुको मृत्यु भयो । अन्य दुई जना प्यालेसटाइनीको पनि मृत्यु भयो । प्यालेस्टाइनीले मृतकका शनिबार अन्तिम संस्कार गरे । त्यसपछि रकेट हमला पनि भयो । स्रोत: बिबिसि

आमा ममताकी खानी

वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वलाई मातातीर्थ औंसीका रूपमा लिने गरिन्छ । आमा ममता र स्नेहकी खानी हुन् ।  आमा महान हुनुहुन्छ । आमाका मायालाई जती उपमा दिए पनि यी सबै थोरै हुनेछन् । यस धर्तीलाई आफ्नो अनन्त ममता, निस्वर्थ प्रेम, त्यगद्वारा संसारलाई सिंचने आमाको बारेमा जती प्रसंशाका जती शब्द लेखे पनि अपुरो हुन्छ। आज आमाको मुख हेर्ने दिन आमालाई श्रद्धा भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार बनाएर, लुगाफाटो र विविध उपहार दिएर आमालाई खुसी बनाइन्छ। नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिएर जन्म दिने र जन्मपछि पनि शिशुको स्याहार सुसार गरेर मनुष्यको आकारमा ढालिदिने आमा महान हुनुहुन्छ ।

मातातीर्थ औंसीमा आमा नहुनेहरू काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फको मातातीर्थ जाने गर्छन् । मातातीर्थको कुण्डमा स्नान गरी आमाको मुक्तिको कामना गर्दै तर्पण दिने चलन छ । मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने धार्मिक विश्वास छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भई दिएको आशीर्वादको प्रभावले छोराछोरी जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ ।

९० जनामा एचआइभी सारेको आरोपमा डाक्टर पक्राउ

चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको सूचना प्राप्त भएको छ । पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताए । एचआइभी सङ्क्रमित भएको पाइएपछि स्वास्थ्य अधिकारीहरुले थप अनुसन्धान गरेका थिए । लर्काना शहरका १८ जना बालबालिकामा त्यसपछि दर्जनौं अरु सङ्क्रमितहरु भेटिएका थिए । पाकिस्तानमा एचआइभी सङ्क्रमितको संख्या कमै छ तर पछिल्लो समय यो फैलिने क्रम जारी छ । खासगरी सिरिन्जबाट लागूऔषधका प्रयोगकर्ता, यौनकर्मी र खाडी राष्ट्रबाट फर्किएका आप्रवासी कामदारमा एचआइभी भेटिने गरेको छ ।

Music Awards Winner and Headliner at ISLE of MTV Malta 2019

MTV’s annual open-air summer music festival – ISLE of MTV Malta – is back and 2019 Billboard Music Award winner and Grammy nominated singer, songwriter and record producer, Bebe Rexha, has been named a headliner. A few of the superstar’s top hits that fans can get excited to sing their hearts out to will include, “Last Hurrah,” “Meant to Be,” and “I’m a Mess.” Her latest album was so successful, it brought her to the number 13 spot on Billboard’s 200 chart. Bebe’s collaboration with Florida Georgia Line on the song “Meant to be” just won Top Country Song at the 2019 Billboard Music Awards. MTV’s partnership with the Malta Tourism Authority will be returning to the sun-lit island for what is now its 13th consecutive year.

The Isle of MTV Malta is one of Europe’s largest free live music festivals, which attracts thousands of visitors every year and even more watching on MTV at home. The Isle of MTV will be held on July 9, 2019, during Malta Music Week which runs through July 13th.

Martin Garrix is no novice to the festival scene. He has performed at music festivals such as Coachella and Tomorrowland and became the youngest DJ to headline Ultra Music Festival at the age of 17. Ranked number one on DJ Mag’s Top 100 DJs list for three consecutive years (2016, 2017, and 2018), Garrix will be sure to perform his top hits such as, “Animals,” and “Scared to be Lonely.” Since Bebe Rexha is headlining this year’s festival as well, fans can be hopeful for a joint performance of Rexha and Garrix’s top single “In the Name of Love.”

Isle of MTV Malta will be filmed and edited into a 60-minute special that will broadcast across 20 MTV channels throughout Europe. The show will also be supported across all MTV social media platforms as well as via a bespoke website. As part of an extensive integrated marketing campaign, the Isle of MTV Malta concert will be supported by marketing initiatives, all of which will drive awareness of the event as well as leverage MTV’s world renowned brand and unique youth insight, to further cement and promote Malta’s position as a holiday destination for young people. Over the 12 years that Isle of MTV has been held in Malta, the number of millennial visitors to the island has increased.

धादिङखानीखोलामा बस पल्टिंदा १३ जना घाईते

धादिङ, बैशाख : । सर्लाही जिल्लाको सदरमुकाम मलंगवाबाट काठमाण्डौंका लागि छुटेको ना७ख ३२४० नम्बरको बस विहीवार बिहान ४ बजे तिर धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ८ खानीखोला स्थित त्रिभुवन राजपथमा रात्रीबस पल्टिंदा १३ जना घाईते भएका छन । दुर्घटनाको कारण खुल्न नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।


पेट्रोलको मूल्य १११ पुग्यो

काठमाडौं : इण्डियन आयल कर्पोरेशनले मे १ मा मूल्यको सूची पठाएपछि बिहीबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ पुगेको छ।  यसअघि पेट्रोलको मूल्य रु ११० थियो भने डिजेल र मट्टीतेल ९७ रुपैयाँ पथ्र्यो।