टोखा न.पा.१ मा अबैध गाँजा फडानी

टोखा न.पा.१ मा अबैध गाँजा फडानी

दिपक न्यौपाने, काठमाडौ :  टोखा न.पा. –१ काठमाडौमा अबैध रुपमा गाँजा जर्गेना गरि राखिएको कुरा जानकारीमा आएपछि टोखा न.पा. –१ ले प्रत्येक बर्ष अबैध गाँजा फडानी गदैआएकोमा हाल को वर्ष पनि नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधि सहित गाँजा फडानी गरिएको छ ।  वडा अध्यक्ष श्रीकृष्ण अधिकारी,  सचिव नवराज दुलाल, नवराज अधिकारी तथा नेपाल प्रहरी र अन्य स्थानीय व्यक्तिहरुको सहयोगमा गाजा का बोट बिरुवा नस्ट गर्ने कार्य क्रमिक रुपमा अधि बढिरहकेको छ । हाल बडा नं –१ बाट सुरु गरिएको गाँजा फडानी अन्य स्थानमा पनि प्रभाबकारी रुपमा बढाउने कार्यक्रम रहेको बताइएको छ ।
क्रमिक रुपमा युवा दुर्वेसनिमा लागरिहेको वेला घर आगनमा गाँजा संरक्षीत गरि व्यवसायीक रुपम बिक्र गरिने गोप्य सुचनाको आधारमा टोखा न. पा. लाई गाँजा मुक्त बनाउनु पर्छ भन्ने उदेश्यले गाँजा फडानी गर्न लागीएको सचिव नवराज दुलालले दि पावर न्युज डटकम लाई जानकारी गराउनु भयो ।

गुरु पूर्णिमा मनाईदै

काठमाडौं : आज गुरु पूर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा पर्व मनाईदैछ ।आजको दिन आफुलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरुले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रहीआएको छ । गुरु पूर्णीमाको अवसरमा आज विद्यालय, क्याम्पस लगायतका शिक्षण संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी सम्मान प्रकट गर्ने प्रचलन रहिआएको छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

झुक्यो सरकार ! १० वर्ष मेडिकल कलेज नखोल्ने सहमति

बिहीबार राति डा. केसीले २७ दिन लामो अनसन तोडेका छन्। सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा विधेयक संशोधन लगायत ९ वटा बुँदामा सहमति भएको छ।  नौ बुँदे सहमतिलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्न सरकार राजी भएको छ। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव पेस गर्ने सहमतिमा उल्लेख छ। डा. केसीले असन्तुष्टि जनाएपछि बालुवाटारमा राति अबेरसम्म वार्ता लम्बिएको थियो।  प्रधानमन्त्रीको उपस्थितिमा भएको वार्ता सुरु हुँदै, रोकिँदै चार चरणसम्म चलेको केसी पक्षका संयोजक डा. अभिषेकराज सिंहले जानकारी दिए। अब काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म कुनै पनि नयाँ मेडिकल कलेज खोल्न पाइने छैन।   सहमति जुट्न सबभन्दा गाह्रो भएको थियो। काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल कलेजलाई सम्बन्धन नदिने डा. केसीको माग थियो।

आज शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण

काठमाडौं : शुक्रबार मध्यरातमा खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। आज शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण  रातको १२ बजेर ९ मिनेटबाट सुरु हुने चन्द्रग्रहण ४ बजेर ४ मिनेटसम्म देख्न सकिनेछ। बढीमा तीन घण्टासम्म यसरी ग्रहण लाग्ने गरेकोमा  शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण देखिदै छ । लाग्ने चार घण्टाको खग्रास चन्द्रग्रहण शताब्दीकै लामो भएको  जानकारी आएको छ ।  धार्मिकजनले ग्रहणको स्पर्शकाल तथा मोक्षकालमा विभिन्न नदीतट, कुण्ड आदिमा गई ग्रहण नुहाई शुद्घ हुने गर्दछन्। देशमा भारत, चीन, मंगोलिया, अफ्रिकाका केही पूर्वी देश, यूरोप, रसिया लगायतबाट पनि देख्न सकिन्छ। क्यानडा तथा अलास्कामा बसोबास गर्ने मानिसले भने यो ग्रहणको अनुभव लिन पाउने छैनन्। खग्रास र खण्डग्रास गरी दुई खालका चन्द्रग्रहण लाग्नेमा शुक्रबारको चन्द्रग्रहण खग्रास चन्द्रग्रहण हो।

मङ्गल ग्रहमा पानीको ताल फेला पर्‍यो

मङ्गल ग्रहको परिक्रमा गरिरहेको मार्स एक्स्प्रेस नामक भूउपग्रहमा जडित मार्सिस अन्तरिक्षयानबाट वैज्ञानिकहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण फेला पारेका छन्।  राडार उपकरण प्रयोग गरी तस्बिर लिँदा मंगल ग्रहमा ताल फेला परेको खबर बिबिसीले जनाएको छ। उनीहरूले फेला पारेको ‘जलाशय’ ग्रहको दक्षिणी ध्रुवको हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै १२ माइल अर्थात २० किलोमिटर चौडा छ।  वैज्ञानिकहरुले त्यहाँ जीवनको अस्थित्व हुन सक्ने बलियो आधार मिलेको बताएका छन्। अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो। तर पातलो वायुमण्डल भएकाले ग्रह चिसिएको र पानी हिउँ भएर जमेको छ।

विश्वकै ठूलो कृतिम झरना चीनमा

१०८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा बनेको एक भव्य नयाँ गगनचुम्मी भवनबाट खसिरहेको छ ।१२१ मिटर अग्लो उक्त भवनलाई लेइवियन अन्तराष्ट्रिय प्लाजा नाम दिइएको छ । यो बहुउपयोगी गगनचुम्मी भवन हो । यहाँ एक होटेल, सपिङ्ग मल र कार्यालयहरु रहने छन् । भवनमा झरना निर्माण गर्ने कार्य त्यति सजिलो भने छैन । यसैले यसलाई विशेष अबसरमा मात्र प्रयोगमा ल्याइने अधिकारीहरुले बताएका छन् । माथिबाट झरेको पानी जम्मा पार्न र संग्रह गर्नको लागि एक विशाल पानी ट्याङ्की भुईंमा राखिएको छ । यसलाई १८५ किलोवाट क्षमताको पानी तान्ने पम्पले संचालन गर्छ । एक घण्टा झरना चालु राख्दा गर्दा भवनको बिजुली मिटरमा ११ हजार रुपैयाभन्दा बढी रकम उठ्छ ।यो प्रदेशमा अहिले नै विश्वको सबैभन्दा ठूलो एकल–छातायुक्त रेडियो टेलिस्कोप र विश्वको सबैभन्दा अग्लो पुल रहेको छ ।

रसुवामा पहिरो ४ जनाको मृत्यु

अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् ।पहिराेले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।

 

धुलिखेलमा बस दुर्घटना

भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई  पल्टिँदा २८ जना यात्रु घाइते  भएका छन् ।  बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तस्करीलाई सुनकै घडी

साढे ३३ केजी सुन तस्करी प्रकरणको अनुसन्धानपछि तस्करीमा नेपाली नागरिकको संलग्नता नदेखिए पनि विदेशी नागरिकले तस्करीलाई निरन्तरता दिइरहेको भेटिएको छ ।विमानस्थल सुरक्षा प्रहरी कार्यालयले मंगलबार साढे ३ किलो सुनसहित दुई जना थाई नागरिकलाई पक्राउ गरेको होविमानस्थल प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले सुनकै घडीको कभर, माला, बेल्टको बक्कल, चाबी लगायत बनाएर तस्करी गर्न खाजेका थिए । तर, विशेष सुराकीको आधारमा उनीहरु पक्राउ परे ।