खिरखिरेमा खियाउँदै जिन्दगी

khirkhere ma jindagi

खिरखिरेमा खियाउँदै जिन्दगी

गोरखा – ‘म नौ वर्षको छँदा आमा पोइल गइन् । बा सधैं रक्सी खाएर हिँड्छन्’, सुनीलले आफ्नो कथा सुनाए, ‘अनि मैले पढ्न पाइनँ । काम खोज्दै चितवन गएँ । त्यहाँ पनि राम्रो भएन । अहिले ढुंगाखानीमा आएको हुँ ।’ यहाँ दुःख धेरै भए पनि कमाइ राम्रो भएको उनले बताए । घ्याल्चोक ६ छेर्दीखोलाका सुनील चेपाङ यो फागुनमा १८ वर्ष लागे । पारिवारिक समस्याले तीन कक्षाभन्दा पढ्न सकेनन् । स्थानीय प्रजाज्योति प्राविमा कक्षा तीनमा पढ्दापढ्दै छोडेर उनी चितवनतिर हिँडे, कामको खोजीमा ।
भुम्लिचोक ८ कौदीफाँटको ढुंगाखानीमा एक सयभन्दा धेरै चेपाङको जिन्दगी यसरी नै खिरखिरेमा झुन्डिएर बितिरहेको छ । खिरखिरेमा झुन्डिने काम पाउनु उनीहरूका लागि अवसर भएको छ ।
यहाँ ढुंगाखानी चलाउन थालेको २०४६ सालदेखि हो । खानी चलेपछि आसपासका चेपाङ समुदायले राम्रैसँग रोजीरोटी पाएका छन् । जोखिमको पर्वाह नगरी खिरखिरेमा झुन्डिएर काम गर्नुलाई उनीहरू अवसर ठान्छन् । कामले खिचेको उनीहरूको ध्यान दुईजनालाई त्रिशूलीले निलिसकेको घटनाले भड्काएको छैन ।
त्रिशूलीमा खिरखिरे खेल्ने, ढुंगामुढा उचाल्ने, पछार्ने अवसर उनीहरूलाई हेटौंडा सिमेन्ट उद्योगले दिएको हो । ढुंगा निकाल्न उद्योगले ‘ब्लास्ट’ गर्दा पहरोमाथि रहेको आफ्नो गाउँ नै थर्किएर पहिरो जाने खतरा रहे पनि काम गर्ने अवसर दिएकोमा यस भेगका चेपाङ समुदाय उद्योगसँग खुसी नै छन् ।
काँधकाँधमा खिरखिरे बोकेर साँझबिहान उकालोओरालो गर्ने, दिनभरि त्रिशूलीमाथि खिरखिरेमा ओहोरदोहोर गर्ने पुरानै परम्परा हो । यसरी नै यहाँका चेपाङ समुदायले बर्सौं बिताएका छन् ।

supreme court of nepal

सभामुखको कदम संविधानसम्मत भएन – सर्वोच्च अदालत

काठमाडौंः सर्वोच्च अदालतले न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि न्यायपरिषद्बाट भएको ११ जना न्यायाधीशको नाम सिफारिसलाई वैधानिक ठहर गरेको छ । सर्वोच्चले न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्को सिफारिसलाई वैधानिक ठहर गर्दै त्यसबारे सभामुखको कदमलाई संविधान बमोजिम नभएको ठहर गरेको हो । न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाई समितिमा पठाएकोमा पुन: संसदबाट फिर्ता पठाउने कार्य प्रथम दृष्टिले त्रुटिपूर्ण रहेकोले उक्त पत्र कार्यान्वयन नगर्न यथास्थितिमै राख्न न्यायपरिष्दको निर्णयमा प्रतिकूल असर पर्ने कुनै काम कारबाही नगर्न समेत सर्वोच्चले आदेश दिएको छ ।

संसदीय सुनुवाई समिति गठन नभएको भन्दै सभामुख घर्तिले संवैधानिक परिषदद्धारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरिएका अयोधिप्रसाद यादव र न्याय परिषदद्धारा सर्वोच्च अदालतमा ११ जना न्यायाधीशको संसदीय सुनुवाई गर्न गरेको सिफारिस सम्वन्धित परिषदमै फिर्ता गरेकी थिइन् ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष एवं अधिवक्ता बानियाँले सभामुखको कदमविरुद्ध शुक्रवार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । सभामुख घर्तिको कदमले गम्भीर संवैधानिक विवाद सृजना गरेको, शक्ति पृथकिकरणको सिद्धान्तको उलघंन गरेको तथा स्वतन्त्र न्यायपालिकाको जनआस्थामा समेत प्रतिकुल प्रभाव पारेको रिटमा दावी गरिएको थियो । साथै सभामुखले अधिकार क्षेत्र नाघेर निर्णय गरेको र त्यस्तो निर्णयले थप जटिल संवैधानिक अड्चन उत्पन्न हुन सक्ने सम्भावना भएको र समग्र न्यायिक प्रक्रिया नै अवरुद्ध हुन सक्ने एवम् न्यायका याचक र उपभोक्ताहरुले थप पीडा झेल्नुपर्ने अवस्था उत्पन्न भएको दावी रिटमा गरिएको थियो ।

“राइटर अफ दि इएर २०१५” द्वारा थपलिया सम्मानित

कमल कोईराला – द पावर न्यूज को दोस्रो वार्षिक उत्सब को अबसर मा यस बर्ष देखी प्रबासमा रहेर देश को हित मा कार्य गर्ने युबा हरु लाई सम्मान गर्ने निर्णय अनुरुप बिभिन्न बिधा अन्तर्गत लेखन बिधामा न्यूयोर्क निबासी लेखक राजन थपलिया लाई “राइटर अफ दि इएर २०१५” ले सम्मान गरिएको छ ।

प्रबास मा बसेर अङ्रेजी साहित्य मा कलम चलाई रहेका थापलिया ले देशमा महा भुकम्प जादा व्यक्ती गत तर्फ बाट २ लाख र उनको कृती रिज्वाइू बाट उठेको रकम सम्पुर्ण रकम भुकम्प पिडित हरु को सहयोग मा खर्च गरेका थिए । उनको काम को बिशेष मुल्याङकन गर्दै पावर न्युज कमिटी ले उनलाई पुरस्कार प्रदान गरेको हो ।

भर्खर का युवा त्यस माथी पनि प्रबास मा बसेर देश प्रती सदभाव राख्नु, परेको बेला देश प्रती माया देखाउनु आफै मा सरहानिय कार्य हो । यो कार्य बाट अरु युबा हरु ले केहि सिक्नु पर्दछ । थपलिया लाई सम्मान गर्न पाउदा निकै खुशी लगेको पावर न्युज का अध्यक्ष दिपक न्यौपाने बताउनु हुन्छ ।

अमेरिका न्यूयोर्क निबासि थपलिया का रिज्वाइस सिरिज का साथै लाईफ इज नट इजि, १००५ लाईफ जस्ता कृती हरु लोकप्रिय छन । अब को जेनेरेसन अङ्रेजी भाषा को मध्याम बाट जान सके एकदिन नेपाली हरु ले पनि अङ्रेजी साहित्य मा ठुलो नाम राख्ने कुरा सम्पादक महेश भण्डारी बताउनु हुन्छ ।

थपलिया मेडिकल साइन्स को बिद्यार्थी हुन । लामो समय देखी अमेरिका मा बसोबास गरी रहेका थपलिया भन्छन हामी ले जहाँ गए पनि जे गरे पनि देश र हाम्रो मौलिक सस्कृती लाई बोकेका हुनछौ । लेखन को माध्याम बाट नेपाल लाई बिश्व मा चिनाउन सके म आफु लाई सफल ठान्ने छु । त्यसै को लागी म लागी परेको पनि छु । आज पाव र न्युज ले दिनु भए को सम्मान प्रती आभर ब्यक्त गर्दछु ।

अरु पनि बिभिन्न बिधा मा समाज मा बिशेष योगदान दिने ब्यक्ती हरु लाई सम्मानित गरिने कुरा सम्पादक भण्डारी बताउनु हुन्छ ।
IMG_7597

turkey

आतंकवादी हमलाको आशंकाहरु बढीरहेका टर्कीको राजधानी अंकारामा बेला बम विस्फोट

१ चैत्र , २०७२- टर्कीमाथि आतंकवादी हमलाको आशंकाहरु बढीरहेका बेला टर्कीको राजधानी अंकारामा सोमबार बिहान भएको कार बम विस्फोटमा ३४ जनाको मृत्यु भएको छ । गाडी र मानिसहरुको भीडभाड भएको क्षेत्रमा बम विस्फोट भएको थियो । केही दिनअघि मात्रै टर्की स्थित अमेरिकी दूतावासले सरकारी कार्यालय र भवनहरुमा आतंकवादी हमलाको संभावना बताउँदै त्यहाँको सरकारलाई सतर्क गराएको थियो । आइएस र कुर्दिस आतंकवादीहरुको टर्कीमा पछिल्लो दिनमा गतिविधि बढेको भन्दै सरकारको आलोचना भइरहेको छ । यी संगठनहरुले टर्कीको सरकार विरुद्ध गतिविधि बढाइरहेका छन् । हमलापछि टर्कीका राष्ट्रपतिले एक विज्ञप्ति जारी गर्दै सुरक्षा फौजसँग पराजित हुँदै गएपछि आतंकवादीहरुले सर्वसाधारणलाई लक्ष्यीत आक्रमण थालेको बताएका छन् ।

UCPN (M) lawmaker Lharkyal Lama arrested

UCPN (M) lawmaker Lharkyal Lama arrested

KATHMANDU – Police have arrested controversial lawmaker of the UCPN (Maoist) Lharkyarl Lama with bullets on Sunday. The Commission for the Investigation of Abuse of Authority (CIAA) has handed Lama over to the police for further investigation after the anti-graft body found 14 bullets in his locker at Nepal Investment Bank, Durbarmarga branch today. Lama is also known as a long-time associate of Free Tibet Movement.Police are preparing to file an arms and ammunition case against Lama. The Election Commission had appointed controversial Lama as Constituent Assembly (CA) member under the proportional representation (PR) quota from the UCPN (Maoist) on February 8.
Lama who served for a few months as the minister of state for finance under the Jhalanath Khanal-led government was later forced to resign following a controversy over his multiple identities. Lama was forced to resign from the post of minister of state for finance in 2011 after being charged with holding multiple foreign passports and citizenship certificates. Lama, who is accused of possessing a Nepali passport, an Indian passport, a Tibetan refugee identity card and citizenship certificate from various districts of Nepal, was former CA member from the CPN-UML. – REPUBLICA

Amnesty International Nepal : AI Nepal | Human Rights in Nepal

स्वाभिमान अभियान चैत्र ६ गतेबाट – मानव अधिकार तथा शान्ति समाज

प्रेस बिज्ञप्ति
स्वाभिमान अभियान चैत्र ६ गतेबाट
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशिल स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले शान्ति, अहिंसा राष्ट्रिय स्वाभिमान ः एकता, सद्भाव र आत्मसम्मान भन्ने मूल नारा सहित २०७२ चैत्र ६ गतेबाट स्वाभिमान अभियान प्रारम्भ गर्ने भएको छ । यस क्रममा देशका बिभिन्न जिल्लाहरुमा जागरण सभा आयोजना हुनेछ जस्मा समाजका संस्थापक सभापति कृष्ण पहाडीले मुख्य बक्ताका रुपमा मन्तब्य ब्यक्त गर्नुहुनेछ ।
ब्यक्ति÷समूदायहरुको आत्मसम्मान उँचो भए राष्ट्रको आत्मसम्मान पनि उँचो हुन्छ । शान्तिको सुनिश्चितता, अहिंसाको प्रधान्यता, अधिकारको सुदृढता, लोकतान्त्रिक मुल्यको ब्यापकता र बिबिधतालाई उत्सवका रुपमा ग्रहण गर्ने संस्कारको बिकासले नै राष्ट्रिय स्वाभिमानलाई बलियो एवं गौरवान्वित बनाउने हुँदा यस दिशामा योगदान गर्न सबैलाई आह्वान गर्दै स्वाभिमान आन्दोलन प्रक्षेपण गर्न लागिएको हो ।
अभियानको पहिलो जागरण सभा चैत्र ६ गते शनिबार बिराटनगरमा हुनेछ भने चैत्र ८ गते झापाको धुलाबारीमा, ११ गते पाँचथरमा र त्यपछि पूर्वान्चलका जिल्लाहरुमा जागरण सभा आयोजना हुनेृछ ।
सभामा राजनीतिक समाज, नागरिक समाजका प्रतिनीधिहरुको मन्तब्यका साथै कबिता समेत प्रस्तुत हुनेछ ।
पूर्वान्चलबाट प्रारम्भ भइ बिभिन्न चरणमा देशका ६० भन्दा ज्यादा जिल्लाहरुमा जागरण सभा आयोजना गर्ने लक्ष्य शान्ति समाजको रहेको छ । यसका लागि समाजले अवधारणापत्र समेत प्रकाशित गरेको छ ।

उत्तम पुडासैनी
महासचिव
मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्य समिति

Nepali-Notes-Currency

नोटमा स्टिच नलागाउनुहोस् र नकाेर्न – सर्वोच्च अदालत

३० फागुन, काठमाडौं – सर्बोच्च अदालतले नोटमा स्टिच नगर्न, केरमेट र जथाभावी नच्यात्न राष्ट्र बैंक, अर्थ मन्त्रालय र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । अव बैंकहरुले नोटमा फोहोर गर्न नपाउने भएका छन् । आइतबारको सुनुवाईपछि न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सरकार र बैंकका नाममा नेपाली नोटको सुरक्षामा ध्यान दिन आदेश दिएको हो ।

japan

Japan tsunami remembered five years

The magnitude-9.0 quake struck offshore, creating a vast water surge that devastated the north-east coast.
It also triggered the world’s worst nuclear disaster since Chernobyl, at the Fukushima Daiichi nuclear plant.
Water inundated the plant, taking cooling systems offline which set off a series of meltdowns.
PM Shinzo Abe and Emperor Akihito are attending a memorial in Tokyo, and joined a moment of silence nationwide at the exact moment the quake hit.
The subsequent disaster spewed radiation over a wide area and forced the evacuation of more than 160,000 local people.Five years on, most have not been able to return to their homes, despite extensive decontamination workThe earthquake on 11 March 2011 was one of the most powerful ever recorded.
But it was the resulting tsunami that claimed the most lives, as a wall of seawater powered through coastal areas of Tohoku, flattening entire towns and villages.
At 14:46 Tokyo time (05:56 GMT), the exact moment the quake was detected, people across Japan bowed their heads as a mark of respect for the victims. Bells rang, and in the capital the underground metro came to halt.
“Many of the people affected by the disaster are aging, and I worry that some of them may be suffering alone in places where our eyes and attention don’t reach,” Emperor Akihito said at the ceremony.
The day before the anniversary, Prime Minister Shinzo Abe reiterated his government’s commitment to nuclear power, saying Japan “cannot do without it” in the long term.

के आधारमा विराटले महंगोमा तेल बेच्दैछ ?

२८ फागुन, काठमाडौं – विराट पेट्रोलियमलाई महंगो मूल्यमा पेट्रोल बेच्न अनुमति दिएको विषयमा संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समतिले मन्त्रालयलाई बिराटलाई महंगोमा तेल बेच्न दिने निर्णय कुन आधारमा गरिएको हो ? भन्ने प्रश्न गरेको छ । आयल निगमलाई अहिले ९९ रुपैयाँमा पेट्रोल बेच्दा १७ रुपैयाँ नाफा छ । विराटले अहिले आपूर्ति गरेको तेल १ सय ३० रुपैयाँ प्रतिलिटरमा बेचिरहेको छ । यो तेलमा लिटरमै ४८ रुपैयाँ नाफा छ । आयल निगमको भन्दा लिटरमा ३१ रुपैयाँ महंगो मूल्यमा तेल बेच्न दिईएकोबारे ध्यानाकर्षण भएको जनाउँदै समितिले आपूर्ति मन्त्रालयलाई पत्र लेको छ ।
यसरी अधीक मूल्यमा तेल बेच्न दिनुको आधार, औचित्य र प्रयोजन खुलाएर ३ दिन भित्र लिखित जवाफ समितिमा पेश गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । यसरी वैधानिक रुपमै सरकारले विराटलाई नाफाखोरी गर्न दिएको भन्दै आलोचना भएको छ । यसअघि विराटले ल्याएको तेल अन्तिम पटकका लागि भन्दै आयल निगमले आफ्नो आधिकारिक विक्रेतामार्फत बेच्न दिएको थियो ।birat-lekha

kp oli in china

उत्तरतिरबाट पनि पारवहनको अधिकार खोजिने – प्रधानमन्त्री ओली

भद्रपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत महिनामा हुन लागेको आफ्नो चीन भ्रमणका बेला उर्जा उत्पादन र लगानीबारे प्राथमिकताका साथ चीनसँग कुरा राख्ने बताएका छन् । ‘हाम्रो पारवहनको अन्तरर्राष्ट्रिय अधिकार हामीलाई चाहिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यो विषयमा चीनसँग गम्भीर कुरा गरेर त्यो अधिकार यसपटक हामी ल्याउँछौं ।’‘खुला बजार खुला अर्थतन्त्रमा हामी जहाँबाट भए पनि इन्धन ल्याउन सक्ने अधिकार हामीसँग छ’, उनले भने, ‘हामी चीनसँग नेपालको हितका विषयमा केन्द्रित रहेर कुरा गर्छाैं ।’ विगतमा एकतर्फीमात्र पारवहन अधिकारको प्रयोग गरिएकोमा अब भने उत्तरतिरबाट पनि पारवहनको अधिकार खोजिने प्रधानमन्त्री ओलीले बताए । बुधबार गृह जिल्ला झापा आएका बेला भद्रपुर विमानस्थलमा बोल्दै प्रधानमन्त्री ओलीले चीनसँग उर्जाबारे लामो अनुभव भएकाले त्यस विषयमा गम्भीर कुरा हुने बताए ।

‘अन्य विषयभन्दा उर्जाको विषयले प्राथमिकता पाउनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘चीनसँग उर्जा उत्पादनका क्षेत्रमा चिनियाँ लगानीको विषयलाई पनि उठाइनेछ ।’ उनले उर्जा उत्पादनमा जलविद्युत उत्पादनलाई प्राथमिकता दिएर चिनियाँ पक्षसँग कुरा गर्ने बताए । चीनसँग पारवहन अधिकारका कुरा सँगसँगै उत्तरतिरबाट नेपाल आउने सडक लगायत भौतिक संरचनाको निर्माणले तदारुकता पाउने ओलीले दाबी गरे ।