११ वर्षकी बालिकालाई बलात्कार

पश्चिम नवलपरासीमा ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट जिल्ला प्रहरीले दुई जनालाई पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । पक्राउ परेका दुवैलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

Spread the love