वीरगञ्ज प्रहरी चौकीमा आगजनी – प्रहरीको गोली लागेर एकको मृत्यु,

Birgung-tanab

  १४ भदौ, वीरगञ्ज – वीरगञ्जमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक आन्दोलनकारीको मृृत्यु भएको छ । कफ्र्यू तोडेर प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले प्रहरी चौकीमा आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका पर्सा मनियारीका ३० वर्षीय दिलिप चौरसियाको उपचारका क्रममा नारायण उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।  प्रहरीको गोली लागेर पन्नाला यादव घाइते भएका छन् । सोमबार विहानबाटै झडप भएपछि स्थानीय प्रशासनले ४ बजेपछि कफ्र्यू लगाएको थियो । घण्टाघरस्थित नेपाल टेलिकमको कार्यालयमा समेत आन्दोलनकारीले तोडफोड गरेका छन् ।

 

 

 

Spread the love