विष्णु प्रपन्नाचार्य पक्राउ अमेरिका पठाइदिने भन्दै १७ लाख ठगी

काठमाडौं । हिन्दु धर्म प्रचारका लागि अमेरिका पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा स्वामी विष्णु प्रपन्नाचार्य भनिने विजय भण्डारी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनले नेपालको विभिन्न स्थानमा धार्मिक कार्यक्रम सञ्चालन गरी सर्वसाधारणलाई अमेरिका पठाइदिने प्रलोभन दिएर रकम उठाएका थिए ।
गुल्मी वस्तु ३ घर भई हाल सीतापाइला बस्ने भण्डारीले सर्वसाधारणहरूसँग मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा रकम उठाएको प्रहरीले जनाएको छ । प्रहरीमा परेको उजुरी अनुसार उनले विभिन्न व्यक्तिबाट १७ लाख लिएको खुलेको छ। अमेरिका पठाउने आश्वासन पूरा नभएपछि पीडितहरू उजुरी लिएर प्रहरीको पुगेका थिए । समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Spread the love