उपत्यकामा बन्द आंशिक प्रभाव

१३ जेठ, काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रहरीको गोलीबाट भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएको विरोधमा प्रतिबन्धित विप्लव समूहले सोमबार आह्वान गरेको बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव परेको छ । पत्यकाबाहिरका जिल्लाहरुमा भने उपत्यकाको तुलनामा बढी प्रभाव देखिएको छ । त्रासले पृथ्वी, अरनिकोलगायतका राजमार्ग सुनसान जस्तै बनेका छन् । महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी बाहिरिएका छैनन् । निर्वाध रुपमा सवारी नचल्दा बिहानैदेखि जनजीवन प्रभावित भएको छ ।  सीमित मात्रामा चलेका सवारी साधनमा कोचिएर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् । काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन बन्दको मारमा परेका छन् ।

Spread the love