बाँडिचुडी खानकै लागि सरकारमा गइँदैन – देउवा

Ser-bahadur-Deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बाँडिचुडी खानकै लागि’ आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने उदघोष गरेका छन् । उनले राष्ट्रिय मुद्दाहरुको समाधानका लागि भने दलहरुबीच सहकार्य हुनुपर्ने औंल्याए । कुनै विशेष परिस्थितिमा राष्ट्रिय सरकार गठन औचित्यपूर्ण हुने भन्दै कांग्रेस सभापति देउवाले अहिले केवल बाँडिचुँडी खानका लागि सरकारमा जान कांग्रेस इच्छुक नरहेको प्रष्ट पारे । गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आइतबार राजधानीमा आयोजना गरिएको अन्तरक्रियामा एमाले महासचिव ईश्वर पोखरेलले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

Spread the love