पहिलो पटक कोलोराडोमा अध्यागमन कानुन बारेमा अन्तर्कृया

  • अकुर लुइटेल, न्यूयोर्क

बि आर टि नेपाल डट कमको आयोजनामा पहिलो पटक कोलोराडोमा अध्यागमन कानुन बारेमा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । अरोराको काठमाडौँ किचेनमा आयोजित उक्त कार्यक्रम दुई चरणमा बिभाजित थियो जस मध्य पहिलो चरणमा अलग कानुनी परामर्श लिनेहरुको लागि छुट्याइएको थियो भने दोस्रो चरणमा खुलारुपमा अध्यागबन सम्बन्धी विविध विषयमा सवाल जबाफको माध्यमबाट परामर्श दिइएको थियो ।

न्यूयोर्कबाट कोलोराडोको भ्रमणमा आउनु भएका कवि, समाजसेबी तथा कानूनबिद विनोद रोकाले आफ्नो अंमुल्य समय प्रदान गरेर कोलोराडोबासीहरु लाई दिनु भएको यस नि:शुल्क सेवाबाट धेरै लाभान्बित भएका छन् । यस कार्यक्रम आयोजना गरेर brtepal.com पनि धन्यवादको पात्र बनेको छ । आगामी दिनमा पनि यस्ता अन्तर्कृयात्मक कार्यक्रमको आयोजना गर्ने प्रतिबधता brtnepal.com का प्रधान सम्पादक शैलेश पोखरेलले गरेका छन् । एर्टनी एट ल श्री विनोद रोका प्रति कोलोराडोबासी हार्दिक आभारी भएका छन् । करिब ५५ जना जति कोलोराडोबासिले इमिग्रेसन सम्बन्धी कानुनी परामर्श प्राप्त गर्न सफल उक्त कार्यक्रम अगस्त ३ २०१४ का दिन आयोजना भएको थियो ।

Spread the love