पहिरोमा बेपत्ता तीन गाउँका १ सय २३ लाई बुधबार सरकारले मृत घोषणा

सिन्धुपाल्चोक- बर्खामा उर्लिएको सुनकोसीलाई १२ घन्टा ठप्प थुन्ने गरी गएको मांखा चट्टाने पहिरोमा बेपत्ता तीन गाउँका १ सय २३ लाई बुधबार सरकारले मृत घोषणा गरी राहत वितरण प्रक्रिया अघि बढाएको छ। पाँच दिनसम्म खोज्दा पनि पहिरोमा हराएकाहरू फेला पर्न नसकेपछि स्थानीय प्रशासनले सबैलाई मृत घोषणा गरेको हो। हराइरहेका व्यक्तिको आफन्त र परिवारजले जिउँदो भेट्ने वा शव भेट्ने सम्भवना नदेखेपछि कुशको शव बनाएर काजक्रिया थालेका छन् । परिवारजनको माग र गाविसको सिफारिसमा प्रशासनले सबैलाई मृत घोषित गरेको हो । जिल्ला प्रसासनले प्रति मृतक काज क्रिया वापत ४० हजारका दरले राहत प्रदान गरेको छ । गत शनिबार बिहान सुनकोसी नदी थुनिने गरी आएको पहिरोले माङखा र राम्चे गाविसको तीन वटा वस्ती बगाएको थियो ।

nepal-480 Sin sindddddd sinddddddddd

Spread the love