पर्खाल भत्किँदा १७ जनाको मृत्यु

भारतको पुणेमा पर्खाल भत्किँदा १७ जनाको मृत्यु भएको छ भने तीन जनालाई उद्धार गरिएको छ । मृत्यु हुनेमा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएको छ । भारतीय मिडियाका अनुसार भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको जनाएको छ । पुणेको प्रमुख जिल्ला अधिकारीले ठेकेदारको लापरवाहीले पर्खाल भत्किएको भन्दै कारबाही अघि बढाउन निर्देशन दिएको छ । अझै पनि भग्नावशेषमा केही व्यक्ति पुरिएको आशंकामा खोजी कार्य जारी राखिएको छ ।

Spread the love