न्युयोर्कमा पहिलो पटक ढकाल सुमधुर साँझ हुँदै

न्युयोर्कमा आउँदो जुलाई २८ तरिकाको दिन “ढकाल सुमधुर साँझ” नामक को एक भब्य साँगितिक कार्यक्रमको आयोजना हुन लागेको छ । नेपाली सुगम सङ्गीतका हस्ती रामकृष्ण ढकालको सम्भबत: अमेरिकाको न्युयोर्कमा उनको यो पहिलो लाइभ प्रस्तुती हो ।

हिमालयन इभेन्ट तथा मितेरी ग्रुप अमेरिकाको प्रस्तुति रहेको ‘ढकाल सुमधुर साँझ’मा ढकालले अहिले सम्मका उत्कृष्ट गीतहरु प्रस्तुत गर्नेछन । उनको लाईभ एकल गायनमा न्युच्छे नारायण ढंगोल, शिशिर श्रेष्ठ, सुशील विश्वकर्मा, प्रमोद उपाध्याय, विष्णु सुनार र डेविड सुरावि ढकालले वाध्यबाधनको रुपमा सहयोग गर्ने छन् ।

२०४५ सालमा १४ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन । १० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरु चर्चित छन ।

आयोजक समितीका अभय ढुंगेलले गायक ढकालका बर्षौ अगाडी रेडियो, टेलिभिजनमा सुनेका चर्चित गीतहरूलाई लाईभ म्युजिकका साथ आफ्नै अगाडी पारिवारिक बाताबरणमा रमाउँदै सांगितिक मज्जालिन सकिने बताए । गायक तथा आयोजक समितीमा अभय ढुंगेलले प्रवासमा रहेका नेपालीहरू जो नेपाली गीत सङ्गीत प्रति माया गर्नेहरुलाई एक उत्कृष्ट कार्यक्रम रहने र सहभागी हुनका लागी समेत अग्राह गरेका छन् ।

कार्यक्रम न्युयोर्क एभिन्यु वुडसाईड स्थित गुल्सन टेरेसमा शनिबार , जुलाई २८ मा ७ बजे देखी सुरुहुने छ ।

Spread the love