जोखिमयुक्त रुवीनाला पर्यटकीय पदमार्ग पुनर्निर्माण

news logo
गोरखाबजार – पहिरोले अवरुद्ध रहेको उत्तरी गोरखाको रुवीनाला पर्यटकीय पदमार्ग भूकम्पपीडित महिला कामदारले सञ्चालनमा ल्याएका छन् । भूकम्पपछि झरेको पहिरोले पदमार्गको अधिकांश ठाउँ भत्केको थियो ।    कामदार सेल्टर स्थापना गर्दै पदमार्ग छेउछाउ बसेका थिए । त्रिपाल, टेन्ट, पहराभित्र बास बसेर पदमार्गको काम गरेको, धेरैजसो ठाउँमै पुरानै पदमार्गलाई स्तरोन्नति गरिएको र केही भूकम्पले भत्काएको पदमार्गको वैकल्पिक मार्ग पनि खोलिएको छ ।  पर्यटक घुम्न आउन सक्छन् ।’ पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको रोजाईमा रुविनाला पदमार्ग परेको छ ।
कामदारले कोदालो, चुच्चे, सावेल, गैंचीलगायत औजार प्रयोग गरेर पदमार्ग खुलाएका हुन् । पदमार्ग खुलाउन धार्चे मनास्लु पर्यटन विकास समितिलाई ‘एकीकरण नेपाल’ नामक गैरसरकारी संस्थाले आर्थिक सहयोग गरेको थियो । ‘ पदमार्ग खोल्न ३२ लाख ४८ हजार ५० रुपैयाँ खर्च भएको,  सिर्दिवासको न्याकदेखि पेवासम्म ७ सय ५० मिटर दूरीको बाटो र राकरुकदेखि सेराङसम्मको ४ हजार २ सय मिटर दूरीको बाटो निर्माण गरिएको हो । कामदारलाई प्रतिव्यक्ति ८ सय रुपैयाँका दरले पारिश्रमिक दिइएको छ । रासस
Spread the love