चट्याङले १० वर्षीय आराधना जवंशीको मृत्यु

विराटनगर : शनिबार दिउँसो अचानक आएको हुरीबतास र पानीसंगै आएको चट्याङले मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीकी १० वर्षीय आराधना राजवंशीको चट्याङले मृत्यु भएको छ। खेतमा बाँधेको गाई फुकाएर घरतिर लिएर आउँदै गर्दा मृत्यु भएको छ। हावा, हुरी र वर्षासँगै परेको चट्याङले बालिकाको छात्ती डढेको छ। बालिकाको शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ।

Spread the love