कालापानीबाट सेना फिर्ता लैजाऊ – केपी शर्मा ओली

१ मंसिर, कामाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै भारतलाई कालापानीबाट सेना फिर्ता लैजाऊ आग्रह गरेका छन् । नयाँ नक्सा छाप्न सुझाव दिएको ‘नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं । हालसालै भारतले जारी गरेको राजनीतिक नक्साबारे प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट पहिलो पटक बोलेका हुन् ।
प्रधानमन्त्री ओलीले भने दशकौं अघि अतिक्रमित भूमि भारतीय नक्साको नेपालमा सबैले विरोध गरेका छन् । पछिल्ला दिनहरुमा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री किन मौन भन्ने प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए ।

‘नेपालको गरिमा बढेको छ । महत्वपूर्ण शक्ति रास्ट्र प्रमुखको भ्रमण लगातार भइरहेको छ’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अहिले नेपालको कुरा सुनिन थालेको छ ।’ विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको भन्दै असन्तुष्टि समेत जनाए ।

Spread the love