– खुशी पाठक
उनी मेरो खुसी, म उनको खुसी हुन पाए पुग्छ ।
निलो आकाश मुनी, बसी जून तारा हेर्न पाए पुग्छ ।
यो झरनाको छालमा परेको ईन्द्रेणीमा, उनको तस्वीर देख्छु ।
यो झझल्कोमा आउने नायकलाई यही बस्तीमा, पक्कै एकदिन भेट्छु ।
मेरो नायकलाई ।
पुष्प विमान चडी आउलान्, मलाई उनले के नामले बोलाउलान् ।
म छु लाजकी पोको उस्तै, पहिलो भेटमा कसरी फकाउलान् ।
यो झरनाको छालमा परेको, ईन्द्रेणीमा उनको तस्वीर देख्छु ।
यो झझल्कोमा आउने नायकलाई, यही बस्तीमा पक्कै एकदिन भेट्छु ।
मेरो नायकलाई ।
उनी आफू वेहुला बनी, मलाई उनको वेहुली बनाउलान् ।
सपना साकार भाएको दिन, परिहरु जन्ति भई आउलान् ।
यो झरनाको छालमा परेको, ईन्द्रेणीमा उनको तस्वीर देख्छु ।
यो झझल्कोमा आउने नायकलाई, यही बस्तीमा पक्कै एकदिन भेट्छु ।
मेरो नायकलाई ।