हवाईयात्रा गर्दा काठमाण्डू विमानस्थलमा नयाँ नियम

हवाईयात्रा गर्दा काठमाण्डू विमानस्थलमा नयाँ नियम

आन्तरिक उडानबाट सेवा सुचारु गर्ने काठमाण्डू विमानस्थलमा नयाँ नियम हवाईयात्रा गर्दा नयाँ नियमको पालना गर्नुपर्ने छ। झण्डै दुई महिना ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लकडाउन खुकुलो भएपछि सुचारु हुने बताइएको छ। विमानस्थलमा कोभिड-१९ को निगरानी तथा नियन्त्रण गर्न यात्रु तथा कर्मचारी तथा सुरक्षाकर्मीले समेत नयाँ नियमको पालना गर्नुपर्ने छ। उडान गर्ने यात्रुले स्वास्थ्य अवस्था, गन्तव्य र सम्पर्क खुल्ने दुईवटा फाराम भर्नुपर्ने लगायतका नियम पालना गर्नुपर्ने छ ।

Tribhuvan Bimansthal

अन्तराष्ट्रिय विमानस्थल सुधारिँदै, शौचालय सरसफाइमा मात्र डेढ करोड रुपैयाँ बढि

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी आर्थिक बर्षमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधार एवं सरसफाइका लागि १० करोड रुपैयाँ बराबरको टेन्डर लगाएको छ । प्राधिकरणले आव २०७२/७३ मा बिमानस्थल सुधार एवं सरसफाइको कामलाई बिभिन्न सात समुहमा वर्गिकरण गरि निजी क्षेत्रका कम्पनीलाई जिम्मेवारी दिएको हो । कुल नौ करोड ९८ लाख ७३ हजार रुपैयाँ लागतमा बिभिन्न छ कम्पनीलाई काम दिइएको हो ।
आन्तरिक टर्मिनल भवन र आसपासको सरसफाइको काम भने हनुमानस्थान/उमा एण्ड कम्पनी/कुम्भकर्ण जेभीले पाएको छ । यो टेन्डर एक करोड ४८ लाख ७५ हजार दुई सय ७५ रुपैयाँको हो ।दुई करोड ८९ लाख ७६ हजार रुपैयाँमा यो टेन्डर बिरुवा/काष्ठमण्डप/उमा एण्ड कम्पनी जेभिले प्राप्त गरेको छ । सबै भन्दा ठूलो रकमको काम ‘मेन्टिनेन्स, पेन्टिङ  एन्ड सप्लाइङ एडिसनल अन्सर्टिना वायर इन द प्रोपर्टि सेन्सिङ विथ पिपिसी वेड वोथ साइड’ रहेको छ ।’क्लिन एन्ड मेन्टेन द इन्टरनेशनल टर्मिनल अपरेसन/एयरलाइन्स एन्ड अदर बिल्डिङ कम्लेस’ को काम स्वनिग सर्भिसेज प्रालिले पाएको छ । यो काम दुई करोड ३१ लाख ९३ हजार रुपैयाँमा कम्पनीले गर्नु पर्नेछ । ‘क्लिन एन्ड मेन्टेन द ट्वाइलेट अफ इन्टरनेशनल टर्मिनल बिल्डिङ”को काम पनि स्वनिगले नै प्राप्त गरेको छ । अन्तराष्ट्रिय टर्मिनलको शौचालय सफाइ गरे बापत कम्पनीले एक करोड ६३ लाख १२ हजार रुपैयाँ पाउनेछ ।
‘रिनोभेट अफ आइटिबी ट्वाइलेट्स टु कोप द करेन्ट एक्सपेक्टेसन अफ प्यासेन्जर्स एट डिपार्चर एराइभल एरिया’ को काम शुभ कन्सट्रक्सन प्रालिले पाएको छ । विमानस्थलको ‘ल्यान्डसाइड’ एरियाको सरसफाइ जिम्मा भने ३३ लाख २० हजार रुपैयाँमा सिके जनशक्ति एण्ड सरसफाइले पाएको छ । यस अन्तर्गत कम्पनीले यात्रुको बढ्दो चाप धान्ने गरि शौचालय बिस्तार गर्नु पर्नेछ । यो टेन्डर ९५ लाख ८७ हजार रुपैयाँमा कम्पनीले पाएको हो ।