ग्रेडिङ प्रणाली अनुसार एसएलसी नतिजा

niruta slc Result 2073

ग्रेडिङ प्रणाली अनुसार एसएलसी नतिजा

२ असार, काठमाडौं – सरकारले एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्बजनिक गरेको छ र कुन विषय पढ्न पाउने भन्ने कुरा विद्यार्थीहरुले पाएको ग्रेडले निर्धारण गर्दछ । हरेक विषयको प्राप्तांक अंकमा हेर्ने र सोही अनुसार डिभिजन छुट्याउने बानि परेकाहरुलाई यस वर्षको एसएलसी परीक्षाको नतिजाले केहि अन्यौल सिर्जना गरेको छ ।

एसएलसीको मार्कसिटमा विषयगत अंक नहुने मार्कसिटमा पनि कुन विषयमा कति नम्बर आयो भन्ने थाहा पाउन
हेर्ने रिजल्ट

Office-of-the-Controller-of-Examinations-1024x685

एसएलसीमा कमजोर ग्रेड ल्याएका विद्यार्थीले रोजेको विषय पढ्न नपाउने

२०७३ आषाढ २, काठमाडाैं – एसएलसीमा कम्तीमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जिपिए) हुने र अंग्रेजी विषयमा कम्तीमा डी प्लस ल्याउने विद्यार्थी अरु विषयमा डि वा इ ल्याए पनि कक्षा ११ मा भर्ना हुनबाट बञ्चित नहुने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले कक्षा ११ मा पढाइ हुने विषयका आधारमा १२ समूह बनाएर न्यूनतम ग्रेड प्वाइन्ट एभरेज (जिपिए) र विषयअनुसारको न्यूनतम ग्रेड तोकेको हो । एसएलसी सकेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुन विषयअनुसार ग्रेडिङको आधार तोकिएको छ । तर, कमजोर ग्रेड भएका विद्यार्थीले रोजेको विषय पढ्न पाउने छैनन् । साइन्सका लागि न्युनतम जिपिए २.० हुनुपर्ने र बिभिन्न विषयको न्युनतम ग्रेड फरक निर्धारण गरिएको छ ।
नम्बरका आधारमा ग्रेड ९० र त्यसभन्दा माथि ए प्लस, ८० र त्यसमाथि ९० भन्दा कमलाई ए, ७० र त्यसमाथि ८० भन्दा कम बी प्लस, ६० र त्यसमाथि ७० भन्दा कम बी, ५० र त्यसमाथि ६० भन्दा कम सी प्लस, ४० र त्यसमाथि ५० भन्दा कम सी, ३० र त्यसमाथि ४० भन्दा कम डी प्लस, २० र त्यसमाथि ३० भन्दा कम डी, २० भन्दा कम ई ग्रेड निर्धारण गरिएको छ । स्रोत :- नयाँ पत्रिका दैनिक