बैशाख १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द

nepal airlance

बैशाख १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द

काठमाडौं, २५ चैत : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उडान बन्द निर्णय गरेको हो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई ३० अप्रिल (बैशाख १८ गते)सम्म बन्द गर्ने निर्णय गरेको छ ।


nepali-airlance

नेपाल वायु सेवाको विमान दिल्लीमा आकस्मिक अवतरण

७ भदौ, काठमाडौं – १६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएकोले  विमान आकस्मिक अवतरण गरिएको छ ।  दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको  १६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको थियो ।

विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्राेलमा जानकारी गराएका थिए । त्यसपछि विमानलाई फर्काएर इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको रन वे २८ मा अवतरण गराइएको थियो । उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो ।