अन्तरप्रदेश परिषद बैठक सिंहदरबारमा बस्दै

अन्तरप्रदेश परिषद बैठक सिंहदरबारमा बस्दै

२३ मंसिर, काठमाडौं  : संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा गर्न  प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तरप्रदेश परिषद बैठक  बोलाएका छन् । बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दै छ । प्रदेश सरकारहरुले केन्द्र सरकारले कर्मचारी, कानुन लगायतको प्रवन्धन नगरिदिँदा कामकारवाहीमा समस्या आएको ले वैठकबाट समस्या समाधानकालागी बैठक बोलाईएको हो ।

Meeting

नेतालाई झपारे पछि बार्ता भाडीयो

काठमाण्डौं, पुसः संबिधानका विवादित बिषयमा सहमति खोज्न निर्णायक भन्दै बिहानदेखि बसेको चार दलको बैठक छलफलै नगरी टुंगिएको छ । विहान केहीबेर बैठक बसेपछि एमाले अध्यक्ष केपी ओलीले प्रदेशका विषयमा मधेशबादी नेतालाई हप्काएपछि बैठक भाँडिएको बैठकमा सहभागी एक नेताले बताउनु भयो । उक्त नेताका अनुसार
केपी ओलीले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई झपारेपछि बैठक भाँडिएको हो । त्यसपछि बालुवाटारमै सत्तारुढ कांग्रेस र एमाले तथा एमाओवादी र मधेसी मोर्चाबीच छुट्टाछुट्ट बैठक भएको थियो ।