करातेमा अनुरतिले पाईन अन्तर्राष्ट्रिय रजत पदक

करातेमा अनुरतिले पाईन अन्तर्राष्ट्रिय रजत पदक

काठमाडौ,फिलिपिन्सको सिबु स्थित लापु लापु शहरको होप्स डोम खेलमैदानमा हिजो भएको कराते-डो गोजुकाई कराते एसिफिक प्रतियोगितामा नेपालको तर्फबाट १३ वर्ष मुनिको उमेर तथा ४२ केजी भन्दा कम तौल समुहमा अनुरती कार्कीले रजत पदक हासिल गरेकी छिन।प्रशिक्षक अच्युतराज उप्रेतीका अनुसार नेपाल सरकारले भ्रमण वर्ष २०२०लाई सहयोग पुर्याउने लक्ष्य अनुसार अन्तर्राष्ट्रिय गोजुकाई कराते-डो संघका अध्यक्ष तथा ग्राण्ड मास्टर गुशी आमागुची मार्फत नेपाल गोजुकाई कराते-डो संघले भ्रमण वर्षको लोगो सहितको सामग्री प्रदान गर्नुभएको थियो।यस अघि सेप्टेम्बर २७ मा भएको खेलमा नेपालका सन्जय तामाङले समेत रजत पदक हासिल गरेका थिए।